Posted by: nepalean January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
कुमारजी चौतारीमा श्रीस्वस्थानीको कथा सुनाउन प्रस्थान गर्न लाग्दा कुमार गाममा भारी हिम पात परेकोले पन्चम अध्याय कहने कार्य अपुर्ण हुदा दु:ख मानी अलाप गर्नलाग्दा भए । त्यो देखि भगवान श्री महादेबलाइ कुरुणा उतपन्न भयो र आफ्नो रुप फेरी राजुको पपी बनि कुमारजि नजिक पुग्दा भए । पपीलाइ देखि कुमारजि अलाप गर्न छोडि पपिलाइ तिमी को हौ, कता बाट आयौ, श्रीस्वस्थानीको कथा चौतारीसम्म पुर्याइदिन सक्छौ की आदी इत्यादी सोध्न लागे । यो कुरा सुनी पपिरुपी भगवान श्री महादेबले पुच्छर हल्लाउदै कुमारजिलाइ कहदा भए, हे कुमार इन्टरनेटको जमनामा जे पनी सम्वभ छ, तिमी सन्धेयअ नगर , म पुरा गरी दिन्छु भनी फुत्त बल्याकबेरी निकाल्दा भए । सधै मुसाको सहायताले श्रीस्वास्थानीको कथा भन्ने कुमारजि कतै गणेशको मुसो चलाउदा महादेबमा क्रोध उत्पन्न भएर स्राप दिन आएकी भनेर डरले पपीको पु्च्छर तान्दा भए । तेती बेलासम्म पपीले बल्याकबेरीबाट पाचौ अध्याय नमेको इमेलमा पठाउदा भए। उता कुमारजिले पुच्छर तानेको चाल पाइ आफु चिनिने डरले त्याहा बाट अन्तरध्यान भइ ठुल्दाईसंग गाजा तान्ने गौशाला जक्सनमा पुग्दा भए।यता कुमारजी हातमा पपिको रौं मात्र रहेको देखी मैल के पाप गरेको थिए र यस्तो अनर्थ भयो भनी रुदा कराउदा भए । कुमारजिको यस्तो अबस्था देखि महादेब आकाशबाणि भइ भन्न थाले,हे कुमार तिमीले चौतारीमा श्रीस्वस्थानीको कथा भनेर ठुलो पुण्य गरेका छौ। यस्तो पबित्र कार्यले त यो जन्ममा मात्र होइन पुर्व जन्ममा गरेको पाप पनि पखाल्छ । तिम्रो सबै मनोकाक्षां पुरा हुन्छन । भगवान श्री महादेबको यस्तो महाबाणी सुनि कुमार भन्न थाले हे निलकण्ठ , तिमी कस्ता भने देउताका पनि देउता, पुन्टे,दादा,भउते, ठुल्दाइ,नेपेका पनि मालीक । एक पटक धोबीनिको रक्सी पार्ने माटोको भाडोबाट बिष उत्पन्न हुदा सबै बिष पिएर पुन्टे,ठुल्दाइ सबैको जिबनको रक्षा गर्ने कुम्लेलाइ इटहरी बजारमा सर्पले टोक्न खोज्दा तेइ सर्पलाइ गहना बनाएर हिड्ने, समुद्र पारी दादा पुग्दा पनि सन्जुको याद झल्झलि पारिदिने,नेपे दाजीको कागजको चिठ्ठि कहिले च्यात्न नमिल्ने बनाइदिने,कसैको कुबचनले मिस रिसले ठुस्स परे अनेक जुक्तिले खुसिपारि फुस्स पारीदिने यस्ता तपाइलाइ कोटी कोटी नमस्कार छ । सान्नानी पेन्सिल हिल लाउदा होसकि तिरुले कजनसंग बियर खादा होस या सिरे पाठसालाबाट भाग्दा होस सधै सबैको कल्याण गरने यस्ता तपाइलाइ कोटी कोटी नमस्कार छ । तपाइ ज्यांगो कपाल पालेर ड्रम बजाउदै जि खाएर गौशाला देखि न्यु रोडसम्म हिड्दा मैहु भन्ने निश देखि छ्ट्टु भउते तपाइको शक्ति देखि त्राहीमाम हुदै कुलेलाम ठोक्छन,यस्ता तपाइको हजार जिब्रो भएको शेष नाग देखि एकदम बिषालु कोब्रा,करेत,ब्ल्याक माम्वा कसैले पनि बर्णन गर्न सक्दैन जाबो म कुम्रेले के सकुला ? तपाइको इमेल याड पाय मेसेन्जरमा याड गरेर दिन दिनै च्याटबाट प्राथना गर्थे भन्दा भगवान श्री महादेब अलि हडबड गर्दा भए । हे कुमार अरु जे इच्क्षा छ त्यो पुरा गरीदिन्छु तर इमेल याड माग्ने कुर नगर । आजकाल ३३ कोटी देबताले स्वर्गमा लोकतन्त्र चाहिन्छ भनेर दिन दिनै राजा इन्द्रको दरवार अगाडी धर्ना दिन थालेकोले स्वर्गमा पत्रिका ,इन्टरनेट सबै आफ्ना सेना लगाएर बन्द गर्न लगाएका छन । मैले प्रोक्सीबाट चलाएको चालपाइ फेरी पनि प्रोक्सी चलाए धेरै जल बर्षाएर मेरा ससुराबाजे सुमेरू पर्वतलाइ पैर्हो लडाएर खतम पारीदिने भनेका छन,यो कुरो मबाट सम्भव छैन भन्दा भए । तेसो भए अगिको ५औ अध्याय नमेलाइ पठाएको इमेल कसरी चौतरीमा पुग्छ त भनेर कुमारजीले भगवान श्री महादेबलाइ सोध्दाभए । कुमारजिको यस्तो कुरा सुनी भगवान श्री महादेब कहदा भए राहुलले बुडालिनकण्ठवाट ल्याएको जि सारै कडा परेछ,त्यसको प्रभावले गर्दा सुद्दी पनि बिर्खेको जस्तो भएछ अलि चाल पाइन, ५औ अध्याय हिम पग्लेपछी चौतारीमा तिमिनै गएर भन्नु ,अहिलेलाइ अरुनै वर माग । यस्तो कुरा सुनी कुमारजी भन्न लागे उसो भए चौतारीमा स्वास्थानीको कथा मैलेनै भन्न पाउ,अनि तपाइ र चौतारीमा सधै मेरो चित्त रही रहोस । कुमारजिको यस्तो इच्छा सुनी तथास्तु भन्दा भए । फेरी कुमारजीले त्यो पपिको पु्च्छर चुडालेको पाप लाग्छ कि भन्दा भगवान श्री महादेब भन्दा भए यो कुराको सन्धेय नगर । बरु त्यो पुच्छर सधै खल्तीमा बोकेर हिड्नु ,कहिले कही तिम्रो त्यो आखा चिम्सा हुने हाकीमले दु:ख दिए तेइ पच्छर समाएर मेरो नाम लिनु,त्यो हाकिम त के तेस्को बाउले नि तिमीलाइ कतै हानी गर्नसक्दैनन् भन्दा भए । यस्तो कुरा सुनी कुमारजि अती प्रशन्नभइ भगवान श्री महादेबलाइ साष्टगं प्रणाम गरी पपीको पु्च्छर खल्तीमा च्यापी आफ्नो अड्डातिर प्रश्थान गर्दा भए ।
Read Full Discussion Thread for this article