Posted by: Nepal ko chora January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
:D :D भाउते गुरु, पन्चम अध्यायको लागि त भोली सम्म कुर्नु पर्ने होल क्यारे। म नि एक चित्त भै फुल हात मा लिएर नित्य श्रबन गर्दै छु हाम्रो यो आधुनिक चौतारी स्वस्थानी। अब जुरेलीले पुन्टेलाई तहाँ उप्रान्त के श्राप दिँदी भइन? अनि जुरेलीका श्रापले पुन्टेले के कस्तो संकट झेल्दा भए? सबिस्तार बर्णन गर्नुहवस। फेरि उता धोबिनीको पेटिकोट कसरी च्यातिन गयो? पुन्टेले सहस्र बर्ष सम्म धोबोनीलाई नयाँ पेटिकोट किनिदिन कसका श्रापका प्रभावले असफल रहे? धोबिनीले श्री स्वस्थानी माताको कसरी अपमान गरिन र उनलाई सधैँ च्यातिएको पेटिकोटलगाइ बस्नु पर्ने भयो? बिस्तारमा आज्ञा हवस, कुमार जी। :-)
Read Full Discussion Thread for this article