Posted by: Bhunte January 6, 2007
Who is killing all the rhinos????
Login in to Rate this Post:     0       ?        
Good job!!!! ५० गैंडा सिकारी छाड्ने तयारी सुबोध/प्रभाकर kantipuronline.com काठमाडौं, पुस २१ - कैद मिनाहा गरिएका सिकारीहरू नै गैंडा मार्न सक्रिय भइरहेका बेला सरकारले थप ५० जनालाई छाड्ने तयारी गरेको छ । गैंडा मारेको अभियोगमा कैद सजाय काटिरहेकामध्ये त्यति संख्यालाई प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ मा छाड्ने प्रक्रिया अघि बढाइएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार भरतपुर कारागारमा रहेका उनीहरूको नामावली पुस मसान्तभित्र कारागार व्यवस्थापन विभाग पठाउने गरी गृहकार्य भइरहेको छ । सरकारले भरतपुर कारागारबाट नौजना मुक्त गरेको थियो । यसअघि नै वीरगन्जबाट थप ६ जना कैदी छाडिएको शुक्रबार खुलासा भएको छ । विभागका व्यवस्थापन अधिकृत र्सर्ूयबहादुर पाण्डेले चितवन प्रशासनले पत्रमार्फ कैदी छाड्ने तयारी भइरहेको जानकारी दिएको बताए । उनले वन मन्त्रालयलाई यसबारे जानकारी गराइसकेको र वनले गृहलाई पत्राचार गरेको उल्लेख गरे । उनले कारागारमा रहेका जघन्य र सामान्य अपराधबाहेकका एक सय तीन कैदीमध्येबाट पचास जनालाई छाड्न लागेको जानकारी दिए । 'निकुञ्ज र स्थानीयवासीले पछिल्लो तयारीको तीव्र विरोध गरिरहेका छन्, पचास जनाभित्र खुंखार सिकारीलाई समेत समावेश गर्न थालिएको जानकारी आएको छ,' पाण्डेले भने । भरतपुर कारागार स्रोतका अनुसार तत्काल सिकारीसहित पन्ध्रजना छाड्ने गोप्य तयारी भएको छ । 'कारागार पदाधिकारीले रातारात गृहकार्य गरिरहेका छन्,' स्रोतले भन्यो । कारागारमा दर्ुइ सय ४८ कैदी छन् । तीमध्ये ८४ जना गैंडा सिकारी र खाग तस्करीमा संलग्न छन् । यीमध्ये पनि २७ जनाको मुद्दा मात्र टुंगो लागेको छ । विगतमा पचास प्रतिशत मात्र जेल अवधि पूरा गरेकालाई छाडिन्थ्यो भने अहिले चालीस प्रतिशत सजाय भोगेकालाई समेत छाड्ने तयारी भइरहेको स्रोतले बतायो । यसैबीच सरकारले थप ६ जना गैंडा सिकारी वीरगन्ज कारागारबाट छाडेको कारागार व्यवस्थापन विभागले वन्यजन्तु निगरानी समूह, ज्वागल ललितपुरलाई पठाएको पत्रबाट पुष्टि भएको छ । यसरी छाडिएका कैदीहरूमध्ये पुनः सिकारमा लागेर पक्राउ परिरहेका छन् । छाडिएका कैदीमा चितवनका हरिदास दर्राई, शनिश्चरे भन्ने सुनसेनबहादुर कुमाल, भदौ महतो, कृष्णबहादुर प्रजा, बुद्घमिान लामा र कृष्णबहादुर बोटे छन् । Posted on: 2007-01-05 22:38:38
Read Full Discussion Thread for this article