Posted by: Deep January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
यं ब्रम्हा बरुणेन्द्र रुद्र ------- कुमारजी आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनी आज तिमीलाइ जे सुन्नको मनसुबा छ म तेई सुनाउँछु --- लौ भन --- यसरी कुमारजीले आज्ञा गरेको सुनी धन्य प्रभो भन्दै अगस्त्यमुनीले नाना तरहले कुमारजीको स्तुती गर्दा भए। तहाँ उप्रान्त मलाई साझा लोकको बयान सुन्नको मनसुबा छ आज्ञा होस भनी अगस्त्य मुनी भन्दा भए। कुमारजी आज्ञा गर्छन हे मुनी सारै राम्रो कुरा गरेउ। ल एक चित्त गरेर सुन --- कालान्तरमा -- (कुमारजीले आज्ञा गर्नै लाग्दा "सरकाईलेउ खटीया जाडा लागेको रिङ टोन बज्छ) --- तेस्तो पैले कैले नसुनेको सङ्गीत सुनी के को आबाज् हो भनी अगस्त्य मुनी आश्चर्यमा पर्दा भए--- रम्भाको कल रे छ साझाको बारेमा भोली बिस्तार गरम्ला --- अब तिमी अहिले लाई गालबको खालमा बस्दै गर भन्दै कुमारजी बिजुलीको बेगमा त्यहाँ बाट जाँदा भए --- इति श्री हाबापुराणे साझा खन्डे चौतारी माहात्मे --
Read Full Discussion Thread for this article