Posted by: gwanche January 3, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
साउको कामाँट फुर्सद मिलार यस्पाली मामाघर गे'को एक हप्ताआलागि गाम्मा त के के भई सकेछ गाँठे! आज सखारै पँधेरोको बाटी भे'र गाम फिर्दै थे, टाढा'ट कालो छाँया अस्तो देखियो । लौ मार्‍यो मुन्छे छैन छाया मात्रै छ, फेरी घाम ला' भे त एउटा कुरा, झिस्मिसे उज्यालो मात्रै छ, बिहानको भाले नि बास्या थेन्, मेरो त हँसले ठाम नै छोड्यो । पक्कै नि किच्कन्नी हुनुपर्छ भन्ने लाग्यो । किच्कन्नी त सेतो लुगा लगाएर आउछे भुन्नी सुन्या थे । तर अब त्यो कुरो त मुलाइ पो थाहा छ त किच्कन्नी लाइ त थाहा छैन होला , फेरी लुगा त सेतो नै ला होला नि याँ त छाया मात्रै न देखिरा'छ । क्यार्ने क्यार्ने, मामाले त दिउँसो जाउ भन्दै थे नि, मै बज्यालाइ जान्ने हुनुपर्ने, फेला परिहालियो नि किच्कन्नीको । दुई तीन रात राम्ररी नसुतेको भेर न आँखा थाकेर कालो छाया जस्तो पो देखिएको हो कि के था! अब जे पर्ला पर्ला सामना त गर्नै परो नि भुनेर अगाडि बढे, मुटु त ढ्याङ्रो बज्या भुन्दा नि जोडले बज्दैथ्यो । पँधेरो नजिक पुगेर न्वारन देखिको बल ला'र दौड्न थालेको त, 'हssन के भो ग्वाँचे बाबु किन त्यसरी भागेको ?' भुन्ने आवाज पो आयो त्यो छाँयाबाट । एक छिन रोकिएर हेरेको त ..... मेरी बास्सै, जमुनि भाउजु पो रैछिन ।टाउकोदेखि पैतालासम्म छोप्ने के जाती कालो कपडा ला कि रेछन ! 'हन भाउजु के हो यस्तो, के लाउनु भे'को, मेरो त सातो नै उड्यो तपाईंलाइ देख्दा त' मैले सोधे! 'तिम्रो दाइ फर्किनु भो नि अरपाँट, उनले नै ल्याइ दे'का हुन यो कपडा नि । अरपको फेसन रे, साब्नीहरुले लाउने, अरपी बर्को भुन्छन यल्लाइ', एकै सासमा भट्ट्याइन जमुनि भाउजुले । 'हुन त हो भाउजु, नयाँ फेसन होला तर यस्तो लुगा ला'र गाम्मा त काम छैन नि, मुन्छे नै नचिन्ने । यती राम्री जमुनि भाउजु नि किच्कन्नी अस्ती देखिने' 'तेइ त बाबु, मलाई नि यो काम न काजको लुगा लाउन मुन त कहाँ छ र, लाउन नि कति गाह्रो हो, फेरी हिजो त जिम्मालका बस्तु भाउ नि बिच्केछन मलाई देखेर । उसको राँगो त दाम्लो चुडा'र भागेको ऐलेसम्म भेट्ट्या छैन । तर तिम्रो दाइ त मरे मान्ने होइन्, अरपी आईमाई मात्रै हेरिर'को केइ दिन बानी नपरुन्जेलसम्म यै लुगा ला, अरपी साब्नी जस्तो, पछि मेरो बानी परेसि फेरी पैला कै लुगा लाउलिस् भन्नु हुन्छ ।' जमुनि भाउजुले कालो अरपी बर्कोको रहस्य खोलिन । यत्तीकैमा जमुनी भाउजुको घर नि आइ पुगो, लौ बाबु चिया खाएर जानुस् भनिन । सिरे दाइ नि उठिसक्या रैछन । सिरे दाइ त म सानै हुँदा अरप ग'का मैले त चिन्न नि चिन्दिन, तै पनि अब सिरे दाइको घर आएसि सिरे दाइलाइ चिन्दिन नि भन्नु भेन । सानो छँदा देखेको अनुआर नै याद थेन सिरे दाइको, भित्र कोठामा '(स)ल्लाह.......(स)ल्लाह्' हो कि के हो एकलइ फत्फताइरा' रेछन । 'दाइ नमस्ते' मैले अभिबादन गरे । सिरे दाइ त माउबादी पो भे कि क्या हो, मुइले नमस्ते भुनेको, उनि त 'सलाम वालेकम ' पो भन्छन । लाल्सेना त लाल सलाम गर्छन भुन्ने था 'थ्यो, यो सलाम वालेकम भुन्या के होला ? फेरी लुगा नि अचम्म को ला' का रेछन । टाउकाँ फेटा अस्तो बाँधेका रेछन्, कालो सेल जस्तो गोलो चिज फेटाको माथिबाट राखेका रेछन । आईमाईले लाउने मेक्सी अस्तो सेतो लुगा ला' रेछन । फेरी जुङा फालेर दारी मात्रै राखेका रेछन । हेर्दै डर लाग्दो । जमुनि भाउजु च्या बनाउन ग'कि, आएकै हैन्, सिरे दाइ फेरी आफ्नै (स)ल्लाह......... (स)ल्लाह..... मा लागि हाले । आफुलाइ 'सु' ले च्यापेर बबाल, च्या स्या होस् भुनेर लुसुक्क निस्के त्याँ'ट !
Read Full Discussion Thread for this article