Posted by: shree5 January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ए लाले नि आएचन, हुन्च केरे भरे तिर पुन्टे दाजीकाँ बसेर तुच्च तुच्च पारम्ला त नि । बरु अघि चईनी बाटाँ एउटी नानीले "नमस्ते अरेँ है भिनाजु, जमुनि दिदी लाई के लुगा लाईदेका हौ, भुत जस्तै देखिन्छिन" भनेर भनिन् । मैले तिनी नानी को मुन्छे हुन खासै चिनिन, नाम चईनी जोतना भन्थिन केरे । अब कुरो त खास के हो भनि चईनी अराप बाट घर फर्किनी बेला भओ केरे, अनि मैले समान चईनी अटैँची (attache-?, suitcase) मा हाल्दै अर्चु, तिमले चईनी तो बजाराँ गएर जमुनिलाई एक सरो बिदेसका आईमाईले लाउनी जस्तै कपडा किनेर लेईदेउ भनेर लालेलाई भने । लाले ले पुनि हुन्च त नि सिरे, जे भा नि लाहुरा'ट गा'सि एक सरो त राम्रै कपडा लगि दिन पर्च, मैले किनेर लेईदिम्ला भनेर लाले चईनी तो सुपरमार्किट भन्ने बजाराँ गाका थे । अनि कपडा पुनि ल्याए केरे, मैले नि के ल्याए भनेर तेति खेर हेरिन। अब आईमाई मुन्छेले लाउनी कपडा, मैले क्यार्न हेर्न परो भन्ठानेर सुटकेसाँ हालेँ केरे । लालेको ढङ्ग तो हो, चईनी उसले नि फुकाएर हेरेनछ। फेरि तो अरपाँ त आईमाई मुन्छेले लाउनी कपडा किन्नी ठाममा लोग्नी मुन्छे जान नि पाईँदैन केरे भित्रै सम्मन् त । लाले ले नि "हेऽरि यत्री भाउजुलाई कपडा लेउ" भनेछ, तो अरापको दोकानवाला ले पुनि तेही अरापका साहेपनी हुरले लाउनी चईनी कपडा हालिदेछ केरे । घर आएसि जमुनिलाई "हेर त मैले तँलाई उही बिदेसका आईमाईले लाउनी जस्ती फेसन फेसनका कपडा लेईदेको छु " भनेर दिँए । जमुनि बिचराले त "बरु यो जाडो महिनामा एउटा बर्को (च्यादर) लेईदेको भा त हुन्थ्यो नि, क्यार्न ति बिदेसका नक्कलीले लाउनी फिसन फिसनका कपडा ल्याउन परेको होला " भन्दै तो पाकेट खोलि केरे । हे बरै लालेको बुध्दि भन्नी हो कि के भन्नी हो, जाडाँ ओड्नी बर्को खोजेकी बिचरा जमुनिले, मैले त बुर्का पो लेईदेँछु त । जमुनि बिचरा त "के हो यो माकल टोपी जस्तो पुनि छ, क्यारी लाउनी हो" भन्चे केरे । तैपुनि ति अरापका साहेबनिहुरले लाको देखेको केरे चईनी, बल्ल बल्ल तो बुर्का लाउन सिकाईदिएँ । त्याँसी आर्को त झन दोलाईँको खोल जस्तो के हो रैच केरे तो ज्यानमा लाउनी, तेही पुनि लाईदिएँ । लाले ले पुनि "अहिले त साहेबनी जस्तै देखिईन जमुनि भाउजु त" के भन्देको थियो, जमुनिले त निकै ठूली मान्छे भए झै मानिच केरे, गाम गाम तो अरापी साहेपनीहुरले लाउनी जस्तै बुर्का र तो दोलाईँको खोल लाएर देखाम्दै हिँडिच अरे के । बाँकी बात पछि मार्दै अरम्ला केरे, अहिले अब लाले सित बस्न परो । Keep Rolling...
Read Full Discussion Thread for this article