Posted by: Gautam B. January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ठूली फर्किछन् नेपाला'ट। नेपालको अचेलको खवरको पार लाम्दै थिन् ठूली, चित्रै हाम्फाल्दै आईपुग्यो। 'अब गोताएँ याँ' नबसेकै बेश, विचराहरु बल्ल-बल्ल भेट हुन पा'का छन्!' भनेर हिने म दुबैलाई बाई-बाई गरेर। भउतेका घरनिर पुग्या'थें, "-- ज्वाईँ पछिल्तिरा'ट स्वागत छ--" भनेर भउते करा'को सुने। स्वागत पनि धेरै-धेरै थरिका हुँदा रछन्, भउतेलाई था' र'छ! फेरि, म त भउत्या' ज्वाईँ हैन, मलाई त किन बोलाम्थ्यो तेसरी भउतेले, कल्लाई बोलाम्छ भउते भन्नी लागो। हैन को र'छ भउतेको ज्वाईँ हेरेरै जानु परो भनेर भउतेका आँगनतिर लागें। थुक्क--! मैले सिरेलाई बिर्सिरा'! बज्जे पोहर अरब जान्छु भनेर हिनेको, फर्केर आएछ। यस्सो अरबका कुरा पनि सुनम् भनेको, सिरेले "सबभन्दा पैला, आजै, जमुनीलाई लिन ससूराली जान्छु, दुई-चार दिन ससूराली बसेर आ'सी तिमारु भातमाराहर्लाई अरबका बात सुनाम्ला!" भनो के रे। हुन नि' हो, अब विदेशका गफ आफ्नी जहानलाई पैला नसुनाई काँ अरुलाई सुनाम्नु?! मान्छे त सिरे अझै दुब्लै र'छ, सुक्या ज्यान अझै फुक्या रैनछ। तर दामचैं कमाको जस्तो छ है! होश गरे है जिम्माल!
Read Full Discussion Thread for this article