Posted by: white_flag January 2, 2007
मलाई एउटा कोठा चाहिएको छ
Login in to Rate this Post:     0       ?        
This is the poem written by Poet Kabi Kafle and was posted on www.mysansar.com. धारा भएको पानी नभएको हप्तामा तीन दिन लाइन नभएको जतिसुकै धुलो होस् कोठा अलिकति ठूलो होस् त्यसैमा दिन बिताउनु छ सपरिवार अटाउनु छ सेरेमोनियल नपाए कोठा सर्ने भइएको छ म ज्ञानेन्द्र शाह मलाई एउटा कोठा चाहिएको छ नजिकै राम्रो मन्दिर होस् अलि महँगो मूती भएको नजिकै राम्रो मन्दिर होस् अलि महँगो मूती भएको बस्ती नहोस् मस्ती लुटिन्छ कोही नबस्ने खाली रहेको टेकु होस् वा बागबजारमा, पुल्चोक होस् वा कञ्चनपुरमा जुत्ताको पसल राख्न हुने यसो इज्जत ढाक्न हुने एउटा व्यापार गर्ने भइयो म ज्ञानेन्द्र शाह मलाई एउटा कोठा चाहिएको छ अब राजाको मागको प्रतिउत्तर यसरी पानी खोले हावा आउने झ्याल खोले ट्वाइलेट गनाउने बत्ती सँघै टुकी बल्ने दुर्गन्ध मिसिएको हावा चल्ने टुकुचाको छेउमा रहेको एउटा कोठा खाली भएको त्यस्तो ठाउँ पाइएको छ साँच्चै हो त ज्ञानेन्द्र तिमीलाई कोठा चाहिएको छ ?
Read Full Discussion Thread for this article