Posted by: sprakashp December 30, 2006
राम्रो कुरा !
Login in to Rate this Post:     0       ?        
visit - nepalipost.com अमेरिकामा बस्ने नेपालीहरुको एउटै स्वर मतदान गर्ने अधिकारबाट बञ्चित गरिनुहुन्न नेपालीपोष्ट प्रतिनिधि वासिंङटन डीसी, डिसेम्बर २९ बिदेशमा बस्ने नेपालीहरुको लागि समेत मतधिकारको ब्यबस्था हुनु पर्ने मागको पक्षमा सबै जसो क्षेत्र र समुदाँयबाट सकरात्मक प्रतिकृया आई रहेकै अवस्थामा प्रतिनिधि सभाको बैठकले भने त्यो मागको पूर्णता उपेक्षा गर्दै नयाँ मतदाता नियमावली पारीत गरेको छ । बिदेशमा कति नेपाली छन भन्ने यकिन र अधिकारिक सख्या त छैन तर पनि १५ लाख भन्दा धेरै नेपालीले यसमा भाग लिन सक्ने अनुमान गरिन्छ । हालै सरकारले गरेको मतदाता नियमावलीका सम्बन्धमा अमेरिकामा बस्ने केही नेपाली बुद्धिजीवीहरु के भन्छन् त ? डा.शिव गौतम, बोस्टन प्रवासमा बस्ने नेपालीले मताधिकार नपाउने भन्ने कुरा सिद्धान्तत नमिल्ने कुरा हो , यदि त्यस्तो हो भने नेपालको कुनै एक जिल्लाको नागरिकले काठमाडौं वा अन्य जिल्लामा पुगेर मतदान गर्ने वा चुनावमा भाग लिन पाउने कि नपाउने - प्रवासमा बस्नेका लागि पनि मतदानको अधिकार त्यस्तै हो । देशको नागरिक रहुन्जेल मतदान अधिकारबाट बंचित गर्न मिल्दैन । र, अहिले कसरी के गरी गर्न सकिन्छ भन्ने सोच्दै नसोची सरकारले यो नियम बनाउन हुन्न थियो । यसलाई पर्ुनविचार र विकल्प खोजिनर्ुपर्छ । दूताबास या नियोग भएका ठाउंमा गएर मतदान दिनसक्ने भन्ने व्यवस्था गर्न सकिन्थ्यो । डा. चित्रकृष्ण तिवारी, भर्जिनियाः सरकारले वैकल्पिक उपाय र संभावनाहरुको खोजी नगरी गरेको यो निर्ण्र्ाानेताहरुको अर्दुदर्शिताको परिणाम हो । यसलाई सरकारले जुन गंभीरताका साथ लिनुपथ्र्यो यसरी लिएको देखिएन । यसलाई अझै पनि सम्बन्धित राजनीतिक दल, नागरिक समाज र सरकारले सोच विचार र पर्ुनविचार गर्नुपर्छ । प्रवासमा बस्ने नेपालीहरुका लागि यो दुःखद कुरा हो । डा. सुरेन्द्रराज देवकोटा, मेनः विज्ञान र प्रविधिको यो समयमा प्रवासमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपथ्र्यो । नेपाल सरकारले यसरी गरेको निर्ण्र्ााे नागरिक अधिकारको प्रत्याभूति हुन सकेन । यसमा नेताहरुको चासो नहुनु दुखद् कुरा हो । यसले प्रवासमा बस्ने नेपालीहरुलाई नेपालप्रतिको मोह र आकर्षा घटाउंछ । डा. दर्ुगादत्त पौडेल, लुजियाना ः सरकारले प्राविधिक समस्या देखाएर यसो गरेको हो भने यो विषयको महत्वलाई ध्यानै नदिएको स्पष्ट हुन्छ । सरकार, राजनीतिक पार्टर्ीी त्यसका नेताहरुले यो विषयको गंभीरतालाई सतही रुपमा लिए । प्रवासमा पनि नेपालीहरु नेपालप्रति उत्तिकै चासो र चिन्ता राख्छन् । र, उनीहरुको भूमिकालाई अझै बढावा दिनर्ुपर्छ भन्ने ठान्ने हो भने यस्तो ढोका बन्द गर्ने काम गर्नुहुन्न थियो । यो गैर जिम्मेवार र मानवअधिकार विरोधी निर्ण्र्ााहो । मुरारीराज शर्मा, न्युयोर्कः प्रवासमा बस्ने नेपालीहरुले मतदान गर्न नपाउने भन्ने नियमावली सरकारले बनाउनु हुंदैनथ्यो । प्रवासमा बस्ने नेपालीहरुले मतदान गर्न नसक्ने र नपाउने भन्ने कुरा थिएन । त्यस्ता कतिपय देशहरुमा नियमित चुनावमा समेत मतदान गर्ने अधिकार प्रयोग गरेका छन् । यो नागरिकको मौलिक अधिकारमध्ये एक हो । तर सरकारले यसलाई व्यवस्था गर्ने वैकल्पिक उपाय नखोज्नु र नसोच्नु दुख लाग्दो कुरा हो । शैलेश श्रेष्ठ, न्युयोर्क सरकारको यो निर्ण्र्ााे प्रवासमा बसेर नेपालको लागि प्रजातान्त्रिक वा अन्य सामाजिक चासोमा भूमिका खेल्ने नेपालीहरुको योगदानको अवमूल्यन र अपमान गरिएको छ । प्रवासमा बस्ने हामीलाई मताधिकारको प्रयोग गर्नु कुनै लोभ लालच र लाभका लागि हैन । देशको उन्नत्ति प्रगति र अग्रगमनको सोच राख्नेहरुलाई संझेर प्रवासमा बस्ने र गणतन्त्र नेपालको लागि आवाज उठाउनेहरुको अपमान हो । यसले ठूलो संख्यामा रहेका गणतान्त्रिक नेपाल निर्माणका पक्षधरहरुलाई बाहिर पार्ने षडयन्त्र भएको छ । यो दुःखद्पर्ूण्ा निर्ण्र्ााहो । यसले प्रवासमा बस्ने नेपालीहरुको चित्त दुखाएको छ । भारती पोखरेल, बोस्टन यो राम्रो निर्ण्र्ााहोइन । प्रजातन्त्रका लागि देश बाहिरका नेपालीहरुको भूमिका थियो भनेर प्रचार गर्ने नेताहरुले कसरी त्यो कुरा बिर्सर्ेे म यो सरकारी नियमावलीको विरोध गर्छर्ुु दिनेश त्रिपाठी, मेरिल्याण्ड मताधिकार नागरिकको न्युनतम आधारभूत अधिकार हो । मताधिकारबाट बञ्चित गर्नु राष्ट्रको सदस्यताबाट बञ्चित गर्नु हो । नागरिकको अहरणीय अधिकारलाई सरकारले नियमावली बनाएर खोस्नु मिल्दैन । खास समयमा खास कारणले देशको सीमा बाहिर छ भन्दैमा देश र जनताको भाग्य, भविष्यको फैसला गर्ने महान अवसरमा यदी ठूलो जनसंख्यालाई वेवास्ता गरिनुहुन्न । नेपालको लोकतान्त्रिक आन्दोलन र अर्थतन्त्रमा प्रवासी नेपालीहरुको भूमिकालाई हेरेर पनि प्रवासमा रहेका नेपालीहरुलाई मताधिकारको अधिकार दिइनुपर्ने हो तर यसमा कुनै छलफल नै नगरी हतारमा गरिनुले कुनै षडयन्त्रको आभाष हुन्छ । लोकतन्त्र अर्थशास्त्रको आधारमा होइन, नागरिक शास्त्रमा चल्छ । निर्वाचनमा धेरै या थोरै खर्च हुन्छ भनेर मताधिकारबाट बञ्चित गर्न मिल्दैन । यो राजनीतिक इच्छा शक्तिको कमी हो । यसले प्रवासमा बस्ने नेपालीलाई निराश र दुखित बताएको छ । नेपाली स्वभिमानको रक्षाको लागि सरकारले यसमा पर्ूण्ा विचार र संशोधन गर्नुपर्छ । कृष्ण लामिछाने, टेक्सासः कुनै पनि उपायका आधारमा र सामान्य रुपमा नेपाली पासपोर्टका आधारमा नेपाली दूताबास वा मिसन भएका ठाउंमा प्रवासमा बस्ने नेपालीहरुलाई मतदानको व्यवस्था गर्नुपथ्र्यो । यो नियमित चुनाव जस्तो सामान्य पनि हैन । र यो राष्ट्रिय पर्वमा नागरिक माथि विभेद गरिनु खेद जनक छ । सरकारले पर्ुनविचार गर्ने पर्छ । यो संविधान विपरित छ । संविधानले नागरिकलाई मताधिकारको अधिकार दिएको अवस्थामा प्रवासमा बस्नेहरुका लागि कसरी त्यो अधिकार सुरक्षित गर्ने भन्ने दयित्व सरकारको हो । यसले देश निर्माणमा प्रवासका बस्ने नेपालीहरुको समन्वय र सहकार्यलाई वेवास्ता गरेको देखिन्छ । विष्णु थापा, भर्जिनियाः प्रवासमा बस्नेहरुले पनि प्रजातन्त्र र अन्य सामाजिक क्षेत्रमा भूमिका खेलेका छन् भनेर भन्ने राजनीतिक पार्टर्ीी तिनका नेताहरुले यसलाई छलफल र बहसमै नल्याई निर्ण्र्ाागर्नु हुन्नथ्यो । शुशिल न्यौपाने, मेरिल्याण्डः प्रवासमा बस्ने नेपालीहरुले मताधिकारको अधिकार पाउने नपाउने भन्ने बहसको विषय नै होइन । राजनीतिक दलहरुको यो ठूलो कमजोरी हो । प्राविधि र आर्थिक कठिनाइ देखाएर चुनाव गर्ने हो भने सरकारले के काठमाडौंमा मात्रै चुनाव गर्न लागेको हो ? अन्यथा प्रवासमा बस्ने नेपालीहरुका लागि मताधिकारको अधिकार नहुनु यस्तै कुरा हो । संजय ढकाल, विद्यावारिधीका विद्यार्थी पिर्टसवर्ग अहिलेको परिपेक्षमा विदेशमा रहेका नेपालीहरुले गरेको योगदानलाई नजरअन्दाज गरिएको हो । यति छिटै यसरी चटकै विदेशमा रहेका नेपालीले गएको आन्दोलनमा गरेको सहयोगलाई विर्सने हो भने भोलिका सहयोग उनीहरुबाट कति आशा गर्ने - अबको हाम्रो सोचाइ भनेको राष्ट्र निर्माणमा लाग्नुपर्ने हो । जसका लागि विदेशमा रहेका नेपालीहरुको सहयोगले महत्वपर्ूण्ा भूमिका खेल्न सक्छ । चाहे त्यो आर्थिक क्षेत्र होस् या बौद्धिक क्ष्ँेत्र होस् या प्राविधिक क्ष्ँेत्र नै होस् । देशका पढे लेखेको ठूलो जमात विविध कारणबस् विदेशीएका सबैलाई थाहै छ । विदेशीएका मध्ये ठूलो जमात अझै पनि नेपालप्रति उत्तिकै मोह राख्छन् उनीहरुको पनि मातृभूमि नेपाल नै हो । उनीहरुले नेपाल फर्केर राष्ट्र सेवाको चाहना राख्दा राख्दै यस्ता कदम चाल्नाले देशमा बसी राजनीति गर्नेहरुले विदेशीएका नेपालीहरुको सहयोग पाइदैन भन्नुमात्र हैन र - यतिखेर संसारभर रहेका नेपालीहरुको सहयोगलाई एकीकृत गरेर राष्ट्रलाई नयां दिशातर्फडोर्याउनुपर्ने पहल गर्नुपर्नेमा यस्ता कदमहरुले विदेशीएकाको चित्त अवश्य दुख्ने छ । विनय रेग्मी (इन्जियिनर, फेयरफ्याक्स) विदेशमा बसे पनि हामी कानुनी रुपमा नेपाली नै हौं । जो अझै पनि नेपाली नै भएर विदेशमा बसेका छौं । त्यस्ता व्यक्तिहरुले मतदान गर्न पाउनर्ुपर्छ । अहिले हामी अमेरिकी पनि होइनौ र यदि नेपालले पनि हामीलाई नागरिक सरह मतदान गर्ने अधिकार दिदैन भने हाम्रो प्रजातान्त्रिक अधिकार हराएर गएको छ । यर्सथ हामीले हाम्रो अधिकारको प्रयोग गर्नपाउनर्ुपर्छ भन्ने हो । भीम कार्की (सीपीए, टेक्सास) विदेशमा बस्ने नेपालीहरु पनि नेपाली नागरिक नै हुन् । यो हरेक पांच वर्षा आउने निर्वाचनभन्दा भिन्दै हो त्यसैले नयां नेपाल निर्माण गर्ने क्रममा हुन लागेको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुको सहभागीता जरुरी देखिन्छ । यो जनआन्दोलनमा पनि विदेशमा बस्ने नेपालीहरुको ठूलो हात थियो । हाम्रा राजनीतिक नेताहरुमा दूर दर्शिता नभएको देखियो । समानुपातिक आधारमा हुन लागेको यो चुनावमा हामीले चुनावमा भाग लिनपाउनुपर्ने थियो । यसमा राजनीतिक नेताहरुको राजनीतिक इच्छा शक्ति नभएको देखियो । क्षितिज बराल (विद्यार्थी,आयोवा) देशको नागरिक भएपछि मतदान गर्ने अधिकार सबैलाई हुनर्ुपर्छ । चाहे देशमा होस् चाहे बाहिर होस् । दिलनाथ गिरी, भर्जिनिया ः नेपालमै बस्नेले मात्र मतदान गर्ने भन्ने कुरा नागरिकप्रतिको विभेद र अमर्यादित कुरा हो । सरकारले यसमा पर्ुनविचार गर्नुपर्छ । यो राष्ट्रिय महत्वको विषयमा सबै नेपाली नागरिकको सहभागिता हुन पाउनर्ुपर्छ ।
Read Full Discussion Thread for this article