Posted by: gaalab December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ए कुरा त्यस्तो पो र'च? मैले नि जिम्माललाई नदेख्या धेरै नै भा'थ्यो। जोगीको कुरा सुनेर मलाई चैं शंका लाउन थाल्यो है! कुरा के भने, रिकुटे बज्जियाले मधेसतिरा'ड एउडा मुन्छेलाई यतातिर भेज्या'छ रे! "गाममा मैले मन परा'की एउडी छन्। तर परिन् आफ्नै साथीकी दुलई। आफैंले भगा'र लयो भने अलि नराम्रो नि हुनी। त्यसमाथि लोग्नेचैं र'च देश-शेष चिनेको। थाहा पायो भने राजा' भोटेकुकुर छोड्न बेर लाउँदैन। त्यै भ'र जोगीको भेषमा गएर भने'नि जालझेल गरेर यता ल्याऊ। अलिअलि अन्नपानी म तिम्लाई दिम्ला" भनेर कबुलियत पनि गर्या छ रे। हिजो सिरे मोरो भेडभा' थ्यो। हँस्याङ्-फस्याङ् गर्दै मतिर आ'र एक सासमा सबै भनो। अब उसले पनि सुनेका कुरा मात्तै र'चन। पर्तछ्य देख्या' चैं हैन रे! काँ'सम्म सत्य काँ'ड झुट त म के जानुम् र।
Read Full Discussion Thread for this article