Posted by: Rahuldai December 27, 2006
Login in to Rate this Post:
0
?
कांडा फुलेन किन हो कुन्नी,
असुरक्षित मेरो गुलाब भो
मुस्कुराउंदा आँखा मोड्यौ,
अपरिचित मेरो गुलाब भो।
कुनै रङ्ग छैन, कसै दङ्ग छैनौ
अपहरित मेरो गुलाब भो।
भित्र भित्रै कति ब्यथा लुकाउंछ्यौ
अकथित मेरो गुलाब भो।