Posted by: sprakashp December 27, 2006
साहित्य सरगम तथा छलफल कार्यक्रम
Login in to Rate this Post:     0       ?        
बोष्टनमा साहित्य सरगम तथा छलफल कार्यक्रम बोष्टन वरपर असंगठीत अवस्थामा छरिएर रहेका साहित्य, कला र संगीत प्रेमी नेपालीहरुलाई संगठीत गर्ने र नेपाली भाषा, साहित्य, कला र गीतसंगीतका बारेमा एउटै थलोमा बसेर छलफल गर्ने उद्धेश्यले बोष्टनमा पहिलो पटक यस प्रकारको छलफल एवं साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुदैछ । अन्तर्राष्ट्रिय साहित्य समाज न्यू इङ्ग्याण्ड च्याप्टर/बोष्टन र यहाँ स्थित नेपालीहरुको साझा संस्था ग्रेटर बोष्टन नेपाली समाजको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा नेपाली भाषा, साहित्य कला र संस्कृतिका बारेमा बिभिन्न नेपाली विद्वानहरुसंग अन्तरकि्रया गरिने छ भने ग्रेटर बोष्टन नेपाली समाजका विविध पक्ष एवं भावी कार्यक्रमका बारेमा जानकारी तथा छलफल पनि हुनेछ । साहित्यिक र सांगीतिक कार्यक्रम समेत भएको यो "बोष्टन साहित्य सरगम" कार्यक्रममा उपस्थित भई दिन हुन यस क्षेत्रमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक आमन्त्रण गरिन्छ । यसका साथै छलफल तथा साहित्यिक एवं सांगीतिक विधामा भाग लिन चाहने प्रतिभाहरुलाई हार्दिक स्वागत पनि गरिन्छ । यसका लागि निम्न इमेलमा सम्पर्क गर्न हुन अनुरोध छ । धन्यवाद ! भारती गौतम (अध्यक्ष-अरासास बोष्टन) sibha001@yahoo.com विनोद ओली (अध्यक्ष-ग्रेबोनेस GBNC) binodoli2005@hotmail.com दीपेश श्रेष्ठ (कोषाध्यक्ष-ग्रेबोनेस GBNC) dilish@msn.com शिव प्रकाश (महासचिव-अरासास तथा सदस्य GBNC ) sprakashp@hotmail.com कार्यक्रम ः साहित्य सगरम तथा छलफल मिित ः जनवरी १५ तारिक २००७ सोमवार (मार्टिन लुथर किंग डे) समय ः अपरान्ह २.00 बजे स्थान ः पछि जानकारी गराइने छ
Read Full Discussion Thread for this article