Posted by: Acharya Dilip December 23, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यौटा बन्दूक ढल्यो तर हतियार अझै खात छ । जन सेवक आफैलाई महानताको मात छ । मिल्यो, टुङ्ग्यो, अनि अब सफल भयो भने पनि डर लाग्छ अदृश्यमा अरु कुनै बात छ । भाई भाई मिलि अब एकै जुट भयौं भन्थे यौटै हड्डी वण्डा गर्दा दर्शीयो उहि जात छ । बित्यो भन्यें काल रात्रि , अध्यारो युगको दिन लाग्छ अझै कै‌यौं बर्ष मात्रै रातै रात छ । मुखको 'राम-राम' सुनेर त शंका झन एकिन भो देख्दैछु आज सवै जनको बगलिमै हात छ ।
Read Full Discussion Thread for this article