Posted by: Juggy December 23, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
अब खास कुरो के भने, हाम्रा पुन्टे नि कम्ताका असत्ती होइनन् नि। घरमा लछ्मी जस्ती भऊजुलाइ राखेर त्यो धोबिनी को पेटिकोट समात्दै हिड्छन् गामभरी। रऊसीले मात्तेर कहिले काहि त चौतारी मै आ'र रमिता पो देखाम्छन त बुढा। अस्ति नि चित्रेको अगाडि झन्नै धोबिनीको पेटिकोट तान्देका, बल्ल तल्ल सम्झाको त्यो दिन त। अब चाहि धेरै ने हुन थालो भनेर अस्ति नै सम्झाऊन गएँ ; अनि हाम्रा शम्भु र सतीदेबीको लप सटोरि सुना'को त बुढो मलाइ नि सती खोज्दे पो भन्छन बा। अब आफ्ना सालि देखि त्यो धोबिनीको बैनि ध्याक्सिलाइ नि नछोड्ने पुन्टेले निश पातको समि देखे'सि के छोड्थे।सती जस्तो लागो भनेर छुट्टि। अब आफुलाइ नि कहाँ नलाग्या हो त निम जमानामा त घर जमै गरुला भनेर सोचेको हो नि, तर निश पात अनि बाङ्गे दिपेको ग्याङ्ग देखेसी सपनाहरु तिलान्जली दे'र जोगी बन्ने बाटो लागियो। तर बुढाले यती सार्हो गर्ला भनेर चाहि सोच्या थे' न। हुन त बुढा लागे छि जिउ ज्यान दे' र लाग्नु पर्छ केहि नभे भने बुइनी बनाम्ला भन्थे के रे। अब गामबाट पुन्टेसङग ज्यान जोगा र भगेको मान्छे, बाबाधा; जानु अगाडि धरानको चतरामा लागेको शिवजीको मेलाँ छिरेर जान्छु भनेर गा'को त निश पात पहेलै लुगामा तेहि भेट भै राका। 'जय शम्भु ' भनर बोलाम्छु त सुन्नै होइन पात। अगाडि गे र यसो घच्घचाको त बल्ल फर्केर हेरो। ब्रो त बुटिले झयाप । 'कहाँ त नि निश गुरु।' जमाना देखीको दादा लाइ गुरु भन्नै परो। अब तेत्ती मात्र के भनेको ब्रो त डाँको छोडेर रुन पो थाले बा। अब तेत्रो दादालाइ रो को देखेर क्यारुम क्यारुम भो,बल्ल तल्ल सम्झा'र के भनेर बुझन खोज्दा यस्तो कुरो सुनाए घुंक्क घुक्क पर्दै। " रयाग भो सोम रयाग भो। बल्ल तल्ल पटाको समीलाइ; आन्द्रैदेखिको लप आफ्नो। अब च्वाक ग्यास भे को सानै अर्को थ्यो। ग्याङमा ब्रोहरुले फ्री बुज ल्याम्ने हाउ आफ्ना सालीलाइ सोर्स लाग्ने आसमा।.... घुक्क ...घुक्क।। अब अस्ती देखिन त समि नि हराइ। अलि अलि थाक थुक त पर्थो; पुन्टेसंगको गाइगुइ नि नसुन्या होइन तर ग्यासमा आफ्नो फुल कन्फि। तर मलाइ छोडेर ताप्स दिइ। दुइ तीन दिन त कसैलाइ हावा नदि खोजे, तर कहाँ भेटाम्नु .... घुक्क ...घुक्क।। पछी हल्ला नि चल्न थालो ।पुन्टे सुढ्स फेरि गाम्मै छन, थर्काको नि हो सुढ्ढालाई तर भउजुले उल्टो गाल्स पो गरे मलाइ।.... घुक्क ...घुक्क।कसैले नि बाल दिन छोडे मलाइ। अब गाममा प्रेस्डिजै नभे्छि म नी जोगी बनेर हिडेको सोम।.... घुक्क ...घुक्क।।" अब यस्तो नि सुन्नु परो फिरि अर्को बुढेसकालको चर्तिकला। हरे शिव शिव। निश पात आजकल चाहि आफ्नो जिग्री भै या छ, बाबाधाम जाँदै छौ हामि। फर्के'छि दिटेल्स है अरु।। जय शम्भू।।।
Read Full Discussion Thread for this article