Posted by: Birkhe_Maila December 22, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा जे पायो त्यहि टुक्रा! यत्तिकै रहन्छ वा परिमार्जन हुन्छ थाहा छैन, तर पनि लेखेको हो टाँस्न मन लाग्यो! खस्रो गुलाब- बास्ना आफ्नो ठाउँमा छ, कोमलता आफ्नो ठाउँमा छ, सौन्दर्य आफ्नो ठाउँमा छ, र फक्रेर बिहानि बोलाउने कोपिला आफ्नो ठाउँमा छ! तर सुगन्ध भेट्न जरा देखि उकालो लागेको म; बिचका असंख्य काँडाहरुमा अल्झिँदै, चिरिँदै र टुक्रिँदै, रगताम्य शरिर लिएर थुङ्गा सम्म पुग्दा- मलाई गुलाब; खस्रो लाग्छ! सतहि लाग्छ! खोक्रो लाग्छ! व्यर्थ लाग्छ, र बेकार लाग्छ!!
Read Full Discussion Thread for this article