Posted by: once in a while December 19, 2006
Why Girija is so Inconsistence ?
Login in to Rate this Post:     0       ?        
एकचोटि मैले विस्वबन्धु थापाको लेख पढेको थिंए ।विस्वबन्धु भनेका कोइराला परिवारमा नै हुर्केका ब्यक्ती हुन । गिरिजा प्रसाद का पिता कृष्ण प्रसाद कोइरालाले एक दिन गिरिजा र उनका दाजु (सरोज हुन क्या रे) दुई जनाको लागि भनेर एउटा साईकल किनेर ल्याईदिएछन । साइकल भने गिरिजाले मात्र चढ्दो रहेछ, दाजुलाई छुन सम्म पनि दिदो रहेनछ । सो कुरो बाबु कृष्ण प्रसादकोमा पनि पुगेछ । उनले भनेछन्, यो साइकल तिमीहरु दुबै जनाको लागि हो, मिलेर खेल्नु, दाजुलाइ पनि खेल्न दिनु । त्यसपछि गिरिजाले साईकल दाजुलाइ दिन त दिएछ तर कच्याक्-कुचुक पारेर मात्र ।हो, अहिले यस्तै भैरहेको छ ।यिनले देशलाई कच्याक्-कुचुक नपारी कहाँ अरुको जिम्मा लगाउछन र ? राजदूतहरुको नियुक्ती धेरै पहिला भैसक्न पर्ने थियो, तर गरिएन । तर अहिले माओबादीहरु समेत सरकारमा आउन लागिरहेको बेलामा, उनिहरुसँग सल्लाह लिएर मात्र त्यो काम हुन पर्नेमा किन एत्रो हतार गरिएको हो ? फेरी यो के पि ओली भन्ने उप प्रम गिरिजाको किन लाचार छांया बनेको छ ? लाग्छ, यिनिहरु, माओबादीलाई शान्तिपूर्ण तरिकाबाट अवतरण हुन दिन चाहन्नन ।
Read Full Discussion Thread for this article