Posted by: chanaa_tarkaari December 19, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
धागा रैछन साह्रै चञ्चल यो साझाको लहरमा । कहिले चढ्ने माथि माथि कहिले झर्ने पुछारमा ।। आफ्नो प्यारो धागो एउटा रहोस सँधै माथि माथि । चाहना यो भएपछि गुहार्छन है साथि ।। रमाइलो पो हुँदो रैछ हेर्नलाइ लडाइ । रुवाइ त भेटिन मैले भेटे धेरै हँसाइ ।। सबलाइ बाँडे पुरस्कार पर्सन अफ त इयर । मख्ख दङ्ग परे धेरै वाँकि सबलाइ हँसाएर ।। बिश्व निकेतनका मित्रहरु हाँसो कति उठ्यो नि ? हाँस्दा हाँस्दै हेर्नोस म त कुर्सिबाटै ढले नि ।।
Read Full Discussion Thread for this article