Posted by: chanaa_tarkaari December 18, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
नझोक्किनुस राहुलभाइ दाइ आएनन कोहि भनि । चल्दै गर्ला गाडी हाम्रो धीरे धीरे भए नि ।। बरु थपुम फुलको थुंगा सम्झनाको मालामा । सुनाम अनुभव भएका घटना आ‍-आफ्नो पालामा ।। म चै भन्छु आज एउटा कहानि न्हुच्छे सरको । उहाँको कक्षा छुट्ला भनि भातै खान्न घरको ।। बिज्ञान गणित इङलिस स्वास्थ्य सबै बिषय पढाउने । जुन बिषय पढाए पनि होमवर्क भने नदिने ।। नरम बोल्ने मुसुक्क हाँस्ने गाली कहिल्यै नगर्ने । मोटरसाइकल हुइक्याए नि बटुवा सितै डराउने ।। एउटा गाडी दुर्घटना भो त्रिपुरेश्वरको चोकमा । डराएर न्हुच्छे सरले बाइक रोके दुरीमा ।। नचढी बाइक ओर्लिकन ठेल्दै लगे गुरुले । उकालो थियो सुनधाराको हेल्प गरे चेलाले ।। भोलि देखि ११ नम्बर ट्याक्सिमा पो सवारी भो । हाँसो बन्यो यो कुरा, हाम्रो बीचमा कहानी भो ।।
Read Full Discussion Thread for this article