Posted by: Ok December 18, 2006
Login in to Rate this Post:
0
?
धेरै पाठकहरुको कमेन्ट जम्मा भैसक्ता पनि यहाँहरुका जिज्ञासाहरुमा केहि लेख्न भ्याईन। क्रिसमस नजिकिँदै जाँदा आज केहि लेख्ने जमर्को गर्दैछु।
गालावजी,
मैले पहिले पनि कसैको कमेन्टमा लेखेको कुरा हो, मेनुकाको यसमा रतिभर पनि गल्ति छैन। मेनुकाको कुनै पनि कमजोरी नहुनु पनि मेनुकासँगको विवाहको प्रस्थावलाई ओमले नकार्न नसक्नुको मुख्य कारण हो। त्यसैले ओमले यो कथा लेखेर मञ्जुसँग के कुरा भन्न खोजेको हो भने "म मेनुकासँग विवाह गरेर पछुताएको छैन। तिमीसँग जीवन विताउन नपाएर पछुताएको छु, तड्पिएको छु र छट्पटिएको छु। तिमी र मैले सँगै विताएका ति क्षणहरु अहिलेको यो मेरो विलासिताको जीवन भन्दा कयौँ गुणा चीरस्मरणिय र जीवन्त छन्"। ओमले मेनुकाको कुरा बुझ्नै पर्छ र र बुझेको पनि छ - यो कथाले यसै भन्छ। सल्लाह र सुझाउको लागि धन्यबाद!
पपीफीजी,
कमेन्टको लागि धन्यवाद।
एण्डजी,
यो कथा वास्तविक या अवास्तविकको बारेमा धेरैचोटी कमेन्टहरु आए र मैले धेरैपटक लेखिसकेको पनि छु। मेरो विचारमा चाहिँ "कुनै पनि कथा पूर्णरुपमा काल्पनिक र पूर्णरुपमा वास्तविक हुनसक्दैन। दुबैको मिश्रण नै कथा हो। यो कथा पनि यसवाट अछुतो छैन।" मैले यो कथा लेखेर ओम, मञ्जु र मेनुकाका केहि वास्तविक र केहि काल्पनिक पक्षहरुलाई केलाएको मात्र हुँ। कमेन्टको लागि धन्यवाद।
जिसीउडल्याण्डजी,
कमेन्टको लागि धन्यबाद तर मैले तपाईँले भन्न खोजेको कुरा वुझिन। विषय प्रसंगले यो कथामा जे जस्तो देखिए पनि एउटा कुरा चाहिँ के पक्का हो भने म "आउट अफ ट्राक" चाहिँ पक्कै छैन।
नेपालियनजी,
सुरुदेखि नै मेरो कथा पढेर कमेन्टहरु लेख्नुभ'कोमा धन्यबाद। तपाईँले भनेको कुरामा मेरो पूर्ण समर्थन छ। यसको प्रमाणस्वरुप मौखिक तथ्यांक हरौँ: ओम ८०० जनसँख्या भ'को उस्को गाउँबाट एसएलसी गर्ने आठौँ ब्यक्ति हो, ८ जना एसएलसीपासवाट क्याम्पस पढ्न जाने तेस्रो ब्यक्ति हो, ३ जना क्याम्पस जानेबाट ब्याचलर्स गर्ने दोस्रो ब्यक्ति हो र २ जना युनिभर्सिटी ग्राजुयटबाट बिदेश गएर माष्टर र पिएचडी गर्ने पहिलो ब्यक्ति हो। यसैबाट थाहा हुन्छ कि कति "ओमहरु" त्यहिँ छोडिएका छन् भनेर। तर अहिले चाहिँ निकै नै परिवर्तन आईसकेको छ, ओमको प्रावि पनि माबि बनिसकेको छ। कमेन्टहरुको लागि धन्यबाद। यो कथा सकिए पनि "मेरो कथा" त सकिएकै छैन। लेखेँ भने अबश्यै सेयर गर्नेछु।
विदेशीजी,
सायद मेरो कथा एकैपटक पढेर यति धेरै मज्जाका कमेन्ट लेख्ने तपाईँ नै हुनुहुन्छ। मलाई त कस्तो सम्म लाग्यो भने तपाईँले मैले भन्दा बढि गहिरिएर विश्लेषण गर्नु भयो। धेरै साथीहरुले जस्तै तपाईँले पनि ओमको नै ठूलो गल्ति देख्नु भयो। म मान्छु तर ओमको गल्तिको कारण तपाईँले सोचेजस्तै आत्मकेन्द्रित मात्र नहुन पनि सक्छ। उसका विवशताहरु धेरै छन् र समयको गतिमा "राम्रो गर्ने" उस्को उदेश्यका सामु अरु कुराहरुमा ध्यान नगएको पनि हुनसक्छ। ध्यान दिउँ भन्दा पनि समय नपाएको हुनसक्छ। समय पाए पनि उसले कुन समयमा कुन कुरा गर्ने र कस्ता कुरा गर्नु ठीक हुने र नहुने भन्ने द्धिविधामा परेको पनि हुनसक्छ। खैर जे भए पनि ओमको गल्ति त कथाको शिर्षकबाट नै देखिन्छ। ओमलाई मञ्जुको अहिलेको अवस्थाबारे ज्ञान नहुनु चाहीँ अस्वभाविक छैन। ओमले नेपाल छोडे देखि फेरि टेकेको पनि छैन। मञ्जुका परिवार गाँउमा बस्छन् जहाँ सञ्चार माध्यामको कुनै सुबिधा छैन। फेरि मञ्जुको जीवनको बारेमा सोधखोज गरेर उ आफ्नो र मञ्जु दुबैको पारिवारिक वातावरणमा कुनै धमिलो हुन दिन चाहँदैन। गोप्य रुपमा जान्न सँधै सफल हुईँदैन। तर उ मञ्जु अवस्थाको बारेमा जान्न निकै उस्सुक देखिएको छ। म मान्छु कि मञ्जुको अहिलेको अवस्था राम्रो पनि हुनसक्छ। यो कथा लेख्नुको कारण चाहिँ मञ्जुसँग ओमले गरेको प्रायश्चित हो। यो कथामा मैले निकै नि होसियारी अपनाएको छु कि यो लेखेर मञ्जुको वास्तविक जीवनमा कुनै किसिमको पनि आँच आएको छैन। यदि साँच्चिनै प्रकाशित गर्नु पर्यो भने मञ्जुको अनुमति लिन म कहिले पनि भुल्ने छैन। यति मीठा कमेन्टहरुको लागि मुरिमुरि धन्यबाद। मैले निकै डिटेल्सहरु थप्नै पर्ने आवश्यकता देखेँ तपाईँका कमेन्टहरु पढेर।
नेपालको छोराजी,
कमेन्टको लागि धन्यबाद। जीन्दगि सोचे जस्तो मात्र हुँदो रहेनछ। जीन्दगिको बारेमा अलिकतिमात्र अनुमान लगाउन सकिँदो हो त, अहिलेको ओमको ठाँउमा मञ्जु र मञ्जुको ठाँउमा ओम हुनुपर्ने हो। तर के गर्ने भैदियो उल्टो! तपाईँले भनेजस्तै जीन्दगिका पानाहरु किताबका पानाहरु जस्तै क्रमश: पल्टाउन चाहीँ मिल्दैन र सधैँ एउटै किसिमको हुन्न।
गोगोलजी,
कथा पढेकोमा धन्यबाद। तपाईँले लेख्छु भनेको कमेन्ट हेर्न पाउँछु भन्नै अझै आस छ।
न्युट्रलजी,
न्युट्रल कमेन्टको लागि धन्यबाद। मैले प्राईभेसीको कुरालाई सबभन्दा माथि राखेको छु। अझ यसलाई सुधारेर प्रकाशन नै गर्ने हो भने अरु निकै कामहरु गर्नु पर्नेछ, मतलब धेरैजनाबाट पूर्वस्विकृति लिनु पर्नेछ। अहिलेसम्मको लागि चाहिँ कुनै प्रोवलम छैन। सचेतताको लागि पुन: एकपटक धन्यबाद।
अमानजी,
तपाईँ नै भन्नुस् त कति प्रतिशत होला यस्को सत्यता? तपाईँले लेखेका चारवटा प्रतिशतहरुमा एउटा त पक्कै हो। धन्यबाद कमेन्ट लेख्नुभ'कोमा।
अमेजिंगजी,
धन्यबाद। मेरो कथाले तपाईँलाई झण्डै वित्याँस पारेनछ। रुनु पनि, बुढिमिसले आँखा तरेर हेर्नु पनि अनि कथाको पनि "स्याड ईन्डिङ"। मेनुका भाउजुलाई अहिलेसम्म त भनेको छैन, त्यतिखेर भन्ने आँट त्यो लुरे ओमलाई कताबाट आओस्? ओमले घनश्यामसरलाई विवाहमा नबोलाउनुको कारण चाहीँ "डरपोक" भर हो। जेहोस कथा पढेर कमेन्ट लेख्नुभयो। मेरो लागि यहि नै ठूलो कुरा हो।
प्लानटु(ओर्क)टुप्लानजी,
लौन सुनौँ (पढौँ) तपाईँको कविता?
सीताएलविजी,
कमेन्टको लागि धन्यबाद। तपाईँले कुनै कसैलाई त्यस्तो भेटे पनि गोगोलजीले भने जस्तै "जनरलाईज" गर्न चाहीँ अलिक मिल्दैन। जहाँ पनि राम्रा र नराम्रा मान्छे हुन्छन्, शहरमा पनि गाउँमा पनि। तर गाउँका मान्छेकै जस्तो दुख चाहिँ शहरकाले गर्दैनन्। अनि जस्ले दुख गरेको छ, उस्ले अरुको दुख देख्नु स्वभाविकै हो। धन्यबाद कमेन्टको लागि।
एससिग्देलजी,
भर्खर पढ्नुभो? धन्यबाद है!
- ओके (सधैँ बस्ने भन्दा अर्कै ठाँउबाट)