Posted by: gwanche December 17, 2006
Login in to Rate this Post:
0
?
गजबको धागो, एक से एक प्रस्तुतीहरु!
म पनि यो धागोमा घुसपैठ गर्ने दुस्साहस गर्दैछु, भुलचुक माफ पाम ।
नाटक
रात उस्तै छ, उस्तै छ दिन पनि
पात्र फरक छन उहि दृस्य भए पनि
न त त्यहाँ तिमी छौ, न छु त्यहाँ म नै
समय परिवर्तन भइसकेछ एक निमेश मैं
जीवन हाम्रो एउटा नाटक भएछ
अझर ठानेको सम्बन्ध त केवल क्षणिक रहेछ
अनायास तिम्रो हात समाउन पुगेछु
अधरमा तिम्रो माया गरेछु
क्षणभर मैं तिमी मेरो आलिङ्गनमा बाँधिएछौ
मुटुको धड्कन बढ्न थालेछ
अफसोच एकछिन मै नेपथ्यबाट पर्दा खसेछ
नाटकको दृस्य त परिवर्तन भइसकेछ
जन्मदिनको शुभकामना तिमीलाइ दिन
पुष्प-गुच्छा सहित तिम्रो घरमा पुग्दा
कति प्रफुल्लित भएकी थियौ तिमी
त्यो क्षण कहिल्यै नबिर्सिने बाचा गरिथ्यौ
वाचा त आखिर टुटाउन सकिने नै भो
वास्तविकता होइन यो त नाटक पो हो
तिमीलाइ सधैं म पर्खिरहन्थे
भेट्दा तिमीलाइ कति म प्रफुल्लित हुन्थे
सँगै गन्तब्य हामी पछयाउँथ्यौं
दिनभरि तिमीलाइ नै हेरिरहन्थे
एकाएक नाटकको दृस्य बद्लिंदा
थाहा पाएँ केवल म त निमित्त नायक रहेछु
सँगै भविस्यको योजना बनाएको
हात समाइ केही पल यात्रा गरेको
आफ्न भावना तिमीसँग साँटेको
जीवन तिमीसँग बिताउने कामना गरेको
मेरो आकाँक्षा यो त मिथ्या रहेछ
यो सब त केवल अभिनय रहेछ
गुनासो अब मेरो केही छैन
ब्यबसायिक कलाकार म बन्न सकिन
अभिनयलाइ मैले वास्तविकता ठानेछु
नाटकलाइ मैले जीवन मानेछु
सुखद या दु: खद, नाटकको अन्त्य त हुनु नै पर्छ
कलाकार परिवर्तन भए पनि नाटक त सँधै उही रहन्छ
कलाकार परिवर्तन भए पनि नाटक त सँधै उही रहन्छ