Posted by: CaMoFLaGeD December 17, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
ल एक से एक कबिता गएको रहेछ यहाँ। जिम्माल बा हैन आजकाल राती राती किन तपाइँको मन रुन्छ भन्या। मन रोको प्रस्ट हुन्छ कबिताबाट। कुरो के पर्यो कुन्नी? अलिकता घस्रिएको, अलिकता तैरिएको, अलिकता गहिरिएको, एक्लो, तर जालोले घेरिएको, बहाव खोज्दै जाँदा भुमरिमा कतै जेलिएको.... वाह! वाह!! गोताएँ दाईको कबिता क्या बात!! यसो हेर्दा डिसेम्बर महिनामा हजुरको पनि मनमा तुसारो पर्यो कि कसो? डिसेम्बरको पारिलो घामको पनि कबिता लेख्नु भए अझ सुनमा सुगन्ध हुन्थ्यो्। राहुलदाई सार्है राम्रो कबिता राख्नुभयो। एकदम सहि कुरा!! धन्यवाद मिसको कबिताको त के कुरा गराई भो र! कस्तो राम्ररी लेख्नुभएको! मलाई त कता कता गित जस्तो लाग्यो। एकछिन त मैले त्यत्तिकै गुनगुनाए पनि। आज राम्रा राम्रा कबिता पढियो। धन्यबाद स्रस्टाहारुलाई!! :-)
Read Full Discussion Thread for this article