Posted by: Rahuldai December 16, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
सुरज साउद निहारिका लुम्बिनीको आँगनबाट हे ! कृष्ण नपढाऊ गीता अब कुनै अर्जुनलाई किनकि, अब कुनै महाभारत लड्नु छैन टुक्रा-टुक्रा फुटेर चिरा-चिरा दर्केर धेरै लडियो कुर्सिको लडाईँ तमाम चढियो लासको सगरमाथा खबरदार कृष्ण नथमाऊ अब फ्याँकिएका गाण्डिवहरू 'गीता' छुवाएर अब कुनै बुद्ध मार्न पाइँदैन 'गीता' छुवाएर अब कुनै शान्ति मार्न पाइँदैन आफन्तहरूको चिहान कुनै 'हस्तिनापुर' चाहिँदैन हामीलाई मात्र नेपाल सहितको बुद्ध भए पुग्छ हामीलाई मात्र बुद्ध सहितको नेपाल भए पुग्छ जुम्लाको अनिकालसँग पोखरा दुख्नुपर्छ सैपालको महामारीमा जुगल अनि डोल्पाको भोकमरीमा काठमाडौं दुख्नु पर्छ ए ! शकुनी न उक्साऊ अब कुनै दुर्योधनलाई स्वाभीमान बिनाको कुनै रामराज्य चाहिँदैन स्वतन्त्रता विनाको कुनै साम्राज्य चाहिँदैन हामीलाई , मात्र ओत लाग्न सगरमाथाको छाना लाज छोप्न एकसरो नेपाली नाना भए पुग्छ बिन्ती छ, पितामहहरू नबजाउनुस् युद्धघोषका सङ्खहरू बरू, सक्छौ भने हाँसो र खुसीका सारङ्कीहरू एकता र भातृत्वका मुरलीहरू बजाऊ सक्छौ भने न्याय र समानताका कोदालीहरू देऊ हामी युगका डल्ला फोरेर सद्भावना र सञ्जिवी उमार्र्छौँ मेलमिलाप-सहिष्णुता जोगाउँछौँ आऊ, कृष्णहरू, पितामहहरू शकुनीहरू-अर्जुनहरू-दुर्योधनहरू लुम्बिनीको आँगनबाट शान्तिको एकजोडी परेवा उडाऔँ । http://nepalikavita.com/
Read Full Discussion Thread for this article