Posted by: Gautam B. December 16, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा छोटो टुक्रा राख्नुप-यो आज। "यो शहरको डिसेम्बर" नाङ्गै उभिएपनि- लुके-लुकेझैं छन् यी रुखहरु कसैको आदेशविनै- झुके-झुकेझैं छन् यी रुखहरु, रात चोईटिएर बनेको दिन कुप्रिएको छ चिसो आकाशको भारमुनि, भित्र भित्तामा- खण्डहरझैं परित्यक्तझैं झुण्डिरहेछ डिसेम्बर एक्लै-एक्लै।
Read Full Discussion Thread for this article