Posted by: chanaa_tarkaari December 16, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
बोका बाख्रि पाडा पाडी उपनाम थिए यस्तै । रमाइलोमा के के भन्थ्यम बाटोमा जिस्काउदै ।। यो कुरो चै खोतल्नलाइ अलि लाग्छ बोर । बिवाह घरजम भएकालाइ आपत पर्ला फेर ।। को-एड भन्नु मात्रै थियो हामेरुको ब्याचमा । बोलिचालि हुन्नथ्यो महिला पुरुष बीचमा ।। केटा केटी बोल्नै हुन्न सबले जिस्काइहाल्ने । केहिबेर कुरा गर्यो भने लभर भन्दिहाल्ने ।। कोहि थिए फलो गर्दै घरसम्म जाने । जस्तै आँट गरे पनि बोल्न डराउने ।। आफु भने बोलक्कड चुप लाग्नै नजान्ने । आरोप लाउथै साथीहरु इर्ष्या पनि गर्ने ।।
Read Full Discussion Thread for this article