Posted by: Birkhe_Maila December 14, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
एस्तै रेछ यि बुडेसकाल लाएसि सपैले हेलाँ अर्ने! राति राति आओ बल्ल बल्ल कामको चटारो सका'र चौतारिआँ कोइ हुन्न! एक्लै फत्फताओ हिनो।हन ए दिम्सो त सपै कराइरा' हुन्छन गाँठे!" भनो, अनि बल्ल बल्ल ट्याम मिला'र दिम्सो आओ, तेई दिन सपै लाखा पाखा लाउने। कुरो बुझे मार्दिनु। बेला बखतै एस्तो परेओ हो कि, म बुडो देखेर पन्छेका हुनभुराभुरि? तिनलाई मया त अरेकै थेँ, साह्रो बचन केइ बोले अस्तो लाउदैन। यि ठिटा ठिटि सित एउछिन भलाकुसारि अर्दा 'ए रात्तै म नि ठिटै भइँ कि' भनेओ अस्तो लाउथो, क्यार्नु अइले धुम्धुम्ति एक्लै पिप्लाबोटमुनि बसिरा' छु। लु म नि हिनेँ अब धान सार्न पर्ने छ भकारि प्वाल परेओ पोहोरै हो तेइ टाल्न जान्छु।टेके'र हिन्ने लट्ठि नि मक्किएर आजै भाँचिन्छ भनेओ अस्तो भैसको। ग्वाँचे मोरोले काठमान्डु गा' बेलाँ एउडा नयाँ लौरो ल्यादिन्छु भन्तो कता हराओ कता?? हरिशरणम्!
Read Full Discussion Thread for this article