Posted by: pawancha December 13, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
खै चना तरकारीको फुराइ अती नै घत् लाग्यो। तै कथा भन्दा कविता नै भनू भनू लाग्यो ।। कविता त मैले पनी नलेखेको कहा हूँ र । आठ कछ्यामा नै 'रक्सी' माथी लेखेर ।। जानकी मीस्ले खेद्यो मलाइ कछ्याबाट पर । भोलिदेखी थाल्यो मलाइ स्कूल्मा आउनै डर ।। तैपनि हार चाहीं खाइन मैले, फेरि पनी लेखें । नया कविता लेख्न मन्जू मीस् लाइ पनी भेटें ।। शूरू मेरै थियो हरफ्, अन्तिम् पनि मेरै । प्रशम्सा पाएँ मीस्बाट् स्याबासि पनि धेरै ।। अब पालो मेरो जानकी मीस्कोमा जाने । आँट् कसै गरी पनी आएन वहाँलाइ भेट्ने ।। झाँटै सीती मैले के बीगारेको छू र! । कवीता नै देखाऊने हो, अरू के छ र ।। रीस् त तेत्ती बेला मलाइ ज्यादै उठेको थीयो । के गर्नु र बेला नै मेरो तेस्तै थियो ।। गएँ म भीत्र जे पर्ला पर्ला भनी । मेरो कवीता देखाएँ, सार्है गाहारो मानी मानी ।। दङ्ग परे बूढी अनी खाउँला झैं हेरे मलाइ । सोधे मलाइ चोरेर ल्याइस् तेरीमा तँलाइ ।। हरे केही गरी सुख पाइनँ जता गए पनी । मेरो कवीतालाइ सहीद् बनाइ घर फर्कें अनी ।।
Read Full Discussion Thread for this article