Posted by: chanaa_tarkaari December 13, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
यो साझाको धागो कस्तो रैछ कुरो बुझिएन । बिश्व निकेतनका होनहारहरु खोइ त देखिएन ।। के भो मलाइ कुन्नि हिजो लेखियो कविता चार । साहित्य केहि जान्दिन ती साँच्चि कविता हो र ? स्कुल छँदा विश्व उद्यान कविता लेख्ने मैदान । लेख्न आएन कविता मलाइ गरियो तानतुन ।। मञ्जु मिसको गाली खाइयो त्यहि कविता माथि । झ्वाँक चल्यो लेख्नै छाडे कविता भुत्रै सिति ।। तर हिजो अचम्म भो के भो मलाइ कुन्नि ? चना तरकारीको स्वाद सँगै कविता यसै फुर्नि ।। जे सुकै होस राखिदिन्छु म मेरो शब्द लहर । हेर्नुहोस न मञ्जु मिस आइ यहाँ एक प्रहर ।। गाली पनि मञ्जुर छ मिस फेरी एकपल्ट । २० बर्ष बुढो भए पनि उस्तै छु नि म त ।।
Read Full Discussion Thread for this article