Posted by: chanaa_tarkaari December 12, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
हुन त हामी खत्तम थिएनौ जस्तो मलाइ लाग्छ । अघिल्लो पछिल्लो ब्याचकै जस्तै फस्ट डिभिजन नि आ'छ ।। ६७ थिए हाम्रा साथि फस्ट डिभिजन वाला । बोर्डमा नआए पनि तिनले धाने इज्जत बल्ल ।। हेडसर खुशि हुनु भो रे रिजल्ट हेरे पछि । भेट्ने मौका पाइन मैले तहाँ देखि पछि ।। बदमास भने थियौ है हामी उरन्ठेउला अति । रमाइलोको लागि हो कि के हो गरियो केहि खति ।। सिंगल फाइट गर्ने बागमति बगर ग्याङ फाइट गर्ने चोक । कमजोर भए भाग्नै पर्यो मौका परे ठोक ।। लडाइ झगडा सामान्य भो तान्दै धतुरो भाङ । लुकाउनेले लुकाउँदा हुन कस्ता थिए ती दिन ।। आँखा अस्पताल, महादेव मन्दिर पाटी र घाट चहार्यो । थापाथलि देखि पचलि सम्म हाम्रै राज थियो ।। रङ्गशालाको फुटबल हाम्ले सित्तै हेर्न पाम्थ्यम् । भोक लागे फुटपाथको केरा लुट्दै खान्थ्यम् ।। मङ्गले चतुरे आउथे खोज्न बोक्दै मोटो लट्ठी । भाग्दै लुक्दै गयो घर भन्यो स्कुल छुट्टी ।। साथिहरु काँ काँ पुगे थाहा छैन आज । सबैलाइ फेरी भेट्न पाए मज्जा हुन्थ्यो आज ।।
Read Full Discussion Thread for this article