"/>
Posted by: Rahuldai December 12, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
कथा अलि लामो छ, कृपया धैर्यता का साथ पढिदिन हुन अनुरोध छ । स्वस्थ प्रतिकृया को प्रतिक्षामा । "लौ सुन, म भन्छु - मेरो प्रेम कहानी" विनोती पोस्ट डाक्टरेटको उच्च अध्ययनको सिलसिलामा अमेरिकाको पेन्सेलभेनिया युनिभरसिटी जानुको अधिल्लो रात छोरी लाई संझाउने क्रममा अलि थर्काइ रहेकीे थिइन् । १५/१६ वर्षो विश्वविद्यालयमा अध्यापन गराइसकेकीले होला, अलि जङ्गी शैलीमा छोरीलाई सम्झाइरहेकीले मैले चुपचाप हेरिरहेको थिएँ । "४/५ महिनामा एस.एल.सी. जाँच दिनुछ लभसभ, व्वाइप|mेण्ड बनाएर हिड्ने होइन, भन्दिएको छु"। "एस.एल.सी.मा त्रि्रो ड्याडीले भन्दा राम्रो पोजिशन ल्याउनु पर्छ । म यहाँ नहुँदा फ्रीक भएर हिड्ने होइन । खुरुक्क पढ्ने र बेस्ट रिजल्ट बाहेक अरु नसोच्ने । सभ गरेर त्रि्रो ड्याडी जस्तो व्रि्रेला, भन्दिएको छु ।" छोरी मेरो मुख हेरेर केही बोल्न नसकी अलि डराइरहेकी थिइ । म भने छोरीलाई अब लामै स्पष्टीकरण दिनुपर्ला भनी सोचिरहंे । छोरीको ट्यालेण्ट प्रति हामी दुवै सन्तुष्ट थियौ । अत्यन्तै मेधावी विद्यार्थी र स्वभाव भने निकै निश्चल र निष्कपट छोरीलाई त्यस्तरी संझाईरहनु पर्ने त होइन तैपनि आमाको वात्सल्यताको त्यो रुपनै थियो, मैले बुझेको छु । आमा संग आवश्यकता भन्दा बढी बोल्न डराउथी र संपर्ूण्ा अन्तरंग कुरा मसंग मात्र गर्दथी । मास्टरनी स्वभाव भएकीले होला शैली अलि थरकाउने खालको थियो उनको । एयरपोर्टमा हामी सबै बिदाइ गर्न हिडै बिहान । एयरपोर्ट नपुगुन्जेल टयाक्सीमा आमा छोरीको लामै प्रेम वार्तालाप भयो । म चुपचाप विछोडको पिडा खप्ने सामर्थ्यको खोजीमा थिए । "छोरीलाई छाडा हुनदिने होइननी भनिदिएको छु, लभसभमा फस्ली, सोझी छे " मलाई पनि उही शैली उर्दी जारी गरिन । मैले पनि "हस माड्म, माड्मको छोरी हो इज्जतमा चारचाँद लगाउने छिन, धन्दासन्दा नलिकन जानु, आफ्नो काम राम्रोसंग गर्नु" भनी बिदा गरिदिएँ । सबैको सजल नयनले वातावरण भावुक भयो । हामी घर तिर लाग्यौं । जहाज उडयो । परबाट हामी हेरीरहयौं । बाबु छोरी । छोरीलाई के थाहा माया गर्नेहरुको लागि विछोडको पिडा । उकुसमुकुस छातीलाई सम्हाल्दै, घर फक्यौं । घर घरजस्तै लागेन । छोरी पनि उदास मन लिएर मेरो अगाडि चुपचाप बसिरही । मलाई उनको परदेशको बसाइको कुनै चिन्ता छैन । उनको सामर्थ्य र प्रतिभाको परख छ मलाई । उनको क्षमतामा पुरै भरोसा छ । म गर्व गर्छर्ुुनको हरेक उपलब्धीमा । साँझको सन्नाटामा छोरीको वाक्य फुट्यो । मम्मी कहिले र्फकनु हुन्छ - शायद उसले आमालाई सोध्न नसकेको प्रश्न हो कि कुराकारी गर्ने मुड को टेष्ट थियो । "६/७ महिनामा र्फकनु हुन्छ, बाँकी काम नेपालमै गर्ने रे । " त्यतिञ्जेल त्रि्रो एस.एल.सी को रिजल्ट पनि आइसकेको हुन्छ । छात्राहरुमा सर्वोच्व अंक ल्याउनु पर्छ छोरी, त्यही त्रि्रो आमाको लागि उत्तम उपहार हुनेछ । अन्यथा मलाई पनि मार्छर्ेे मैले पुलपुल्याएर विगार्‍यो भन्ने आरोप लाग्छ । " "ड्याडी, मलाई आज पढने मुड छैन, भोली बिहानै देखि पढ्छु हुन्छ डयाडी - उनको स्वाभाविक प्रश्नलाई मैले नकार्ने कुरै थिएन । हुन्छ । रातको खाना सकिए पछि पुनः अर्को प्रश्न तर्ेसाइन "डयाडी रिसाउन हुन्न भने म एकदमै पर्सनल कुरा सोध्न चाहान्छु, हुन्छ ।" "जस्तो सुकै पर्सनल कुरा सोधे हुन्छ, हाम्रो जिन्दगी खुला किताब जस्तो छ, कुनै पनि सोधे हुन्छ ।" "ड्याडी । मलाई थाहा भए सम्म हजुरहरुको मेरिज लभ मेरिज नै हो । लभ मेरिज लंगलास्टिंग हुदैन भन्ने सुन्छु । तर म यो घरको इन्भारोमेण्टमा त्यसो देख्दिन । आज म हजुरहरुको लभस्टोरी सुन्न चाहान्छु । प्रोमिश, डयाडी आजको सट्टा भोलि पढने छु । " "छोरीको आग्रह म कहिल्यै टार्दिन त्यो उसलाई पनि थाहा छ र मैले हाम्रो लभस्टोरी अद्योपान्त सुनाउने निष्कर्षा पुगे ।" "छोरी, लौ सुन हाम्रो प्रेम कहानी । म र मम्मी दुवै एउटै स्कूलमा पढथ्यौ । तर लाटी यो नसम्झनुकी स्कूल देखिनै लभसभ गर्दै हिड्ने झिल्के थिएनौ हामी दुवै । हामीले एक अर्कालाई चिनेका थिएनौ । आठ कक्षामा भर्ना भै नौ पुग्दा म अचानक भनुँ या अप्रत्याशित रुपमा फस्ट भए र स्कूलको तर्फाट विभिन्न प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्दै धेरै मेडल, शिल्डहरु जितें र स्कूलमा अलि पपुलर भए छु । त्यतिबेला मम्मीले चिनेकी हुनर्ुपर्छ, मैले चाहि चिनेको थिइन कारण हाम्रो सेक्सन फरक थियो । पढने क्रममा हेडमास्टर अनि अरु टिचरहरुको प्रेरणामा एस.एल.सी. मा बोर्ड ल्याउनु पर्छ र ल्याउनसक्छु भन्ने आत्म विश्वास बढदै गयो । १० कक्षामा पनि सर्वोच्च अंक पाए पछि अब उत्कृष्ठ १० जना भित्र कहिन कही आफू पनि परिन्छ भन्ने लाग्यो र त्यही आत्मविश्वासका साथ तयारी, मेहनत गरे र एस.एल.सी दिएँ । रिजल्ट सोचे अनुसार नै भयो र बोर्डको १० जना भित्र आफ्नो नाम गोरखापत्रमा छापियो । संभवत जिन्दगीको सबैभन्दा खुशीको दिन थियो । मेरो बुवा विरामी भएको कारण सानै देखि घरमा चुलो बल्ने बाल्ने चिन्ता लिइ, स्कूल पछिको अधिकांश समय कमाउने कार्य गर्नुपर्ने विवशता थियो मेरो । तैपनि मेहनत गरियो फल पनि मिल्यो । छोरी, मम्मीको त्यही हालत थियो रे । परिवारिक कलह, संयुक्त परिवार आदिले गर्दा चाहिदो वातावरण थिएन रे । मम्मी पनि एस.एल.सी.मा फस्ट डिभिजनमा पास भइ । थोरै लेडिजहरुले मात्र फस्ट डिभिजन ल्याएका थिए । त्यसमा शायद उनैकै बढी नम्बर थियो क्यारे । एस.एल.सी पास हुनेहरुको फोटो स्कूलको भित्ते दराजमा टास्ने चलन थियो । त्यही फोटोमा पहिलो पटक मैले देखेको हुँ त्रि्रो मम्मीलाई र नाम पनि त्यतिबेला नै थाहा पाएको हुँ, चिनजानको त परै जाओस । त्यसपछि साइन्स पढन त्यस बखतको प्रख्यात कलेज अमृत साइन्स कलेजमा भर्ना भएँ । भाग्यवश मम्मी पनि त्यहीँ भर्ना हुन आइन् । कलेज शुरु भएको केही हप्ता पछि बल्ल हाम्रो परिचय भयो । एउटै स्कूलबाट एस.एल.सी. पास गरेका हामी अपरिचितहरुलाई अर्को एकजना स्कूले साथीले परिचय गराएकी थिएन । भन छोरी, म कति लाटो थिए - हैन ड्याडी हिजो अस्ती मम्मीले त्रि्रो ड्याडी जस्तो लभसभ गरेर हिडने होइननी भनी भन्नुभा थियो । ड्याडी कहाँ लाटो होइसिन्छ र - हो मैया, त्यतिबेलासम्म लाटो नै थिएँ तर मम्मीलाई देखे पछि बाठो भएँ । त्रि्रो मम्मी फुच्ची गाजल लाएकी थिइ पहिलो पल्ट देख्दा । निकैनै निश्चल अनि सोझी लाग्यो र मनमनै यसलाई जीवन साथी बनाउन पाए यो लाटोको जिन्दगी बन्छ भन्ने आकाशवाणी प्राप्त भए जस्तो लाग्यो । अस्कलमा साइन्स पढनुको तार्त्पर्य अनि लक्ष्य राम्रो रिजल्ट र स्कलरशिपमा विदेशमा अध्ययन गर्नु हुन्थ्यो सबैको । मम्मी र मेरो दुवैको मेन सवजेक्ट बायोलोजी भए पनि फेरी पनि क्लास भने फरक थियो । कलेज एउटै, विषय एउटै अनि कलेज जाने बाटो एउटै र समय पनि एउटै । त्यसैले हाम्रो भेट कलेज जाँदा आउँदा हुने भयो र भेटमा पढाइको कुरो मात्र हुन्थ्यो । म अलि पढन सक्ने कहिलिएकोले होला मसंग नोट माग्थी । मम्मी यति सम्म लाटीकी त्यति बेला लभसभ भन्ने थाहा थिएन रे -शंका लाग्छ) । होला पनि उनी म भन्दा उमेर पनि झन्डै २/३ वर्षकान्छी । मलाई भने प्रमेको अर्थ अलि अलि थाहा थियो र अलि बुढो पनि भएर होला जवानी छाइसकेको थियो । सैगै हिडयौ, छलफल गर्‍यौ तैपनि मैले तिमिलाई मन पराउँछु भन्ने आँट आएन । दुइ साढे दुइ वर्षविते । मित्रता यथावत थियो । मेरो मनमा काउकुती हुन्थ्यो । मम्मीको मनमा कुन्नी । समय समयमा पढाइको सिलसिलामा हामी एक अर्काको घरमा आउने जाने गथ्र्यौ । संगसगै हिडेपछि गाइगर्ुइ चल्छ नै । चले मलाई भने झन मनमा झन्झनाहट हुन्थ्यो । मेरो जिन्दगीको अर्को लक्ष्य त्रि्रो मम्मी भयो । एउटा लक्ष्य एस.एल.सी मा बोर्ड ल्याउने पुरा भयो । अब मम्मी.........। एक छिन सुस्ताएँ म । "अनि ड्याडी त्यस पछि के भयो भनिस्योस न इट इज क्वाइट इन्टरेष्टिंग स्टोरी ड्याडी, प्लीज ।" "लौ अब बांकी स्टोरी "ब्रेक के बाद" आज तिमीले चिया पकाएर ख्वाउ त ड्याडीलाई,, भोलि देखि म खुवाँउछु तिमीलाई ।" छोरी चिया बसाल्न हिडी । मनमनै एकछिन सोचे साँच्चै हाम्रो च्वाइस म्याचिंग थियो र हामी दुवैको जीवन्त मनको ढुकढुकी र त्यसको फि्रक्वेन्सी मिलेरै होला, धेरै दुख हामी दुवैले हाँसी हाँसी सहन्थौं र छोरीले हामीले भोगेका कष्टका रातहरु देख्न पाउने छैनन् । त्रि्रो त्याग अनि इच्छाशक्तीलाई म सलाम गर्छर्ुुविनोती, हजार सलाम गर्छर्ुु "क्या मीठो चिया । यती मिठो स्वादले चिया खाएको पहिलोपल्ट हो छोरी । " ड्याडी पनि । बरु भनिस्यास बाकी स्टोरी पनि । लौसुन हाम्रो प्रेम कहानीको बाँकी अंश ।" आइएस्सीको फस्ट इअरको जाँच आयो गयो । हामीले सकेसम्म राम्रो गर्‍यौ । हामी दुवैको चाह डाक्टर बन्नु थियो । रिजल्ट भयो मेरो पनि खासै राम्रो भएन र पनि राम्रो नै रहृयो । नेपानी साहित्य लेखन र अध्ययनमा बढी चासोले गर्दा होकी साइन्सको अध्ययनमा भने त्यति राम्रो गर्न सकिंन । मम्मीको हाल पनि उस्तै थियो । शायद मेरो भन्दा अलिकम नम्बर आएछ क्यारे । हाम्ो मित्रताको गहिराइ बढदै गए पनि स्वरुप परिवर्तन भइसकेको थिएन । मनमनै त दुवैमा केही चलेकै थियो । तर खासै सिरियस सिचुयसन आइसकेको थिएन । किनकि हामी दुवैलाई जीवन साथी बन्नु नबन्नु भन्दा राम्रो रिजल्टको चिन्ता थियो । म अलि भावुक थिए । कविता कोर्थे। त्रि्रो मम्मीले मागेको नोट कपीका म भने सुटुक्क प्रमे प्रकट गर्ने खालको कविता पनि लेखेर दिन्थेँ । तर रियाक्सन भने केही हुन्नथ्यो । उनको मौनतालाई स्वीकृति ठानेर एक्लै रम्थेँ कहिले काहीं । आइएस्सी सेकेण्ड इअर पनि सकियो । फस्ट इअरको रिजल्ट त्यति राम्रो नभएकोले डाक्टरी पढने चान्स कम देखे र एक्स्ट्रा म्याथ पनि दिए । मम्मीले पनि त्यही गरिन क्यारे । रिजल्ट भयो । आशा गरे जति भएन । तै पनि पर्सर्ेेेज खाइलाग्दो नै थियो । मम्मीका भने यसपाली पनि त्यति राम्रो भएन । शिक्षा मन्त्रालयको छात्रवृत्ती शाखामा धाउन थाले । अहिले जस्तो च्याउ उम्रेजस्तो मेडिकल र इन्जिनियर कलेजहरु कहाँ थिए र त्यतिबेला । फेरी सबैको सपनानै विदेशमा स्कलरशीपमा जानु थियो । निवेदन भर्दै गएँ । तत्कालीन युगोस्लाभियामा मेडिसिन पढ्न छनौट पनि भएँ । तर हवाइ टिकट आफुले हाल्नु पर्ने । बुवा एक वर्षअघि बित्नु भएकोले घरको हाकिम ठूलोबुबा हुनुहुन्थ्यो । पैसा ३०० डलर जति चाहिने भयो । घरको जर्जर आर्थिक स्थिति थाहा हुँदाहुदै पनि मागे । दिननसक्ने कुराको जानकारी पाए पछि त्यो सीटबाट राजीमामा गरे । जिन्दगीमा पहिलो पल्ट म रोए, छोरी । गरीवीको लातको नमीठो स्वाद चाखें । एक जना साथीले छेडकी हानेकोले पाकिस्तानमा पनि मेडिसिन पढ्न पाइन मैले । यसै बीचमा कालम्बो प्लान अर्न्तर्गत भारतको विभिन्न युनिभर्सिटिहरुमा इन्जिनियरिंग लगायत अरु विषय पढन जाने सीटहरु आए । मेडिसिन थिएन । घरका र आफन्तहरुले इन्जिनियरिंग नै पढनु बेश भन्ने सल्लाह दिए र शिक्षा मन्त्रालयले मलाई पनि सेलेक्ट गर्‍यो । योग्यताको आधारमा । खुशी अर्धरुपमा आयो । नारायणगोपालको गीतमा जस्तो "मुटु माथि ढुंगा राखी हास्नु पर्‍या छ " म पनि हाँसे । यसै बीच हामी वीएस्सी पढ्न त्रिचन्द्र कजेजमा भर्ना भयौं । फेरी पनि त्रि्रो मम्मी र म भिन्ना भिन्नै विषयमा भर्ना भयौं । म चाहि अब इन्जिडन एम्बेसीको कन्फरमेशन कुरी बसेकोले पढ्न होइन अलि हाउडे भए । मम्मी चाहि अझै कतै मेडिसिन पढ्न पाइन्छकी भनेर अवसरको खोजीमा बढीनै सिरियस थिइ । अलि बढी जवान भएछु जस्तो लाग्यो आफुलाई । अब पढनु पनि थिएन । कलेज जानु भनेको उनलाई भेट्न जानुमात्र थियो । अब त आफ्नो मनको भाव खुलस्त भन्नु पर्‍यो भन्ने मनमा लाग्यो । धेरैचाटी मुखैले भन्ने भनेर बडो शक्तीको जगर्ेना गर्दा पनि भन्न सकिन मैले । त्रि्रो मम्मी अलि कडा स्वभावकी छोरीअहिले भन्दा कडा । कहाँ आँट हुने त्रि्रो ड्याडीको । अनि मैले पनि १५ पेजको लभलेटर लेखेर एक जना साथी मार्फ उनलाई दिए । अहिलेको जमानामा सबैभन्दा लामो लभलेटर थियो कि त्यो । छोरी त्यसपछि त त्रि्रो मम्मी रणचण्डी भै हालिन बोलचालनै बन्द भो हाम्रो । भयंकरसंग रिसाएकी रै छ मेरो लभलेटर पढेर । किन हो अझै सोध्ने आँट गरेको छैन मैले । अलिकति स्वाभिमान होला अलिकति अप्रत्याशित र सोच्दै नसोचेको कुरा भएर होकी अहिलेसम्म रिर्सचकै विषय भएको छ । "आज ढीलो भैसक्यो छोरी अब बाँकी पछि भनुँला हुन्न र -" नाई बाबा, नाई । भोलि देखि तर फेरी पढ्नु छ, छात्राहरुमा उत्कृष्ठ स्थान ल्याउनु छ, ड्याडी । आजै पुरै सुन्ने म । " छोरीको जिद्दिपन ठ्याम्मै म्याडमको जस्तो, छोरी कसको - म्याडमसैग त सधै हारे आज मिनी म्याडमसंग पनि हारेछु । ल छोरी बाँकी पनि सुन । त्रि्रो मम्मी रिसाइन की रिसाइनन् । किन हो बुझ्नसकिन । तैपनि साच्चै रिसाएको हो की नखरा गरेकी बुझ्न मैले मेरो मिल्ने साथी छ नी त्यो उमेश अंकललाई नाटक गरी भेट्न पठाएँ । उनले खासै रिसाएको होइन भन्ने आशयको रिपोर्ट बुझाए पछि मनमा केही सन्चो भयो । एउटै क्लासमा पढ्थ्यौ हामी दुइ तर बोलचाल भने भएन अब । छोरी त्रि्रो मम्मीको रीस आजमात्र यस्तो होइन । रीस धेरै लामो थियो । समय वित्दै गए मेरो भारतमा पढन जाने कन्फरमेशन आयो । मेरा स्कूलका साथीहरुले जानु अघि पिकनिकको रुपमा गेटटुगेदरमा उनी पनि अर्को समूहबाट आएकी र हाम्रो भेट अप्रत्याशित रुपमा पुरानोनै जस्तो लाग्यो । फेरी मम्मीलाई जीवनसाथी बनाउने अधुरो सपनाहरुको महलमा इट्टा थप्न थाले । सानो पार्टर्ीीायोजना गरेँ मैले घरमा मम्मी पनि आइन । फूल माथि सुगन्ध छरे जस्तो । म निकै रोमाञ्चित भएँ । मेरो निश्चल र निष्पाप प्रेमको प्रतिफल सुखद हुन्छ भनेर । उनले उपहार दिइन्, टर्ीशर्टलाई चुम्बन गरे । जानेबेलामा मलाइ डिनरको निम्तो दिएर गई । म किन हुन्न भन्थे र "के खोज्छस कानो आँखो" भने जस्तो । मम्मी अनि ठूलो मम्मीले बडो सम्मान र प्रेमपर्ूवक डिनरको सत्कार गरे । म झनै कल्पनाको सागरमा डुवेँ । मैले के निक्र्यौल गरे भने म संग झन्डै ७/८ महिना रिसाए जस्तो गरेर मेरो प्रेमको प्रतिबद्धताको परीक्षा लिएकी रै छिन् । यसरी सुखद मायाको प्राप्तीको आश्वस्तताका साथ पढन हिडेँ । इलाहाबाद काठमाडौंबाट बसैमा गएनी ३०/३२ घण्टामा पुग्ने भएकोले हरेक समेष्टरमा घर फर्किन्थेँ र उनलाई भेटन जान्थेँ । इन्जिनियरिंगको तेस्रो वर्षा पुग्दा फेरि अर्को काण्ड भयो । मैले लेखेको धेरै पत्रको जवाफ नआए पछि मम्मीको त्यतिबेलाकी मिल्ने साथी, जोसंग मेरो पनि राम्रो सम्बन्ध थियो, उनलाई यसबारेमा पत्र लेखे । त्यतिबेला इमेल इन्टरनेट कहँा थिया र आज जस्तो । उनले पनि मम्मीलाई यसबारेमा लेखिछन् । अनि त मम्मी रीसले अटमबम भइन क्यारे । मलाई निकैनै कडापत्र प्राप्त भयो म्याडमको । मेरा सपनाहरु क्षणमै चकनाचुर भए । बन्नै लागेको प्रेमको ताजमहल एकै हुरीमा ढलेजस्तो भयो । किन त्यस्तो लेखिन त्यसको पनि कुनै अन्दाज भएन । मेरो प्रेमको खुलस्त बयान त पन्ध्र पेजेलभ लेटरमै गरिसकेको थिए । फेरी संझे त्यति बेला पनि रिसाएकी धेरै दिनमात्र होइन महिना सम्म । "चरेस खानु तर हरेश नखानु" भन्थे बुढापाका । मैले हरेश खाइन । उनले पत्रको जवाफ नलेखे पनि निरन्तर लेख्दै गएँ । मेरो एउटै सन्देश हुन्थ्यो "घृणा गर, अझ मलाई घृणा गर, ती घृणालाई पनि माया गरिरहन्छु म । "ठ्याक्कै एक वर्षलाग्यो रीसको पारेा घट्न । फाइनल इअरको विदामा घर आउँदा मैले अनएक्पेक्टेड टेलिफोनकल पाए । अचानक आएको मम्मीको फोन मैले पत्याउनै सकिन । भेट्ने चाह गरकी । मैले नमान्ने कुरै थिएन । भेट भो । मानौ वर्षौ देखि हाम्रो सम्बन्ध नर्मल जस्तो । सञ्चो विसञ्चो देखि लिएर पढाइसम्मको कुरो भो । छुट्टनिे बेला एउटा सानो चीट दिइन र फोन नम्बर । लेखेकी रै छन्" "your love will not be alone, I am always with you." मेरो पवित्र प्रेमको तपस्याको सुखद उत्कर्षथियो त्यो । मकति खुशी भए । मानौं जिन्दगीमा पहिलो पल्ट ज्यान आयो । त्यतिञ्जेल मम्मीले पनि वी.एस्सी प्रथम श्रेणीमा पास गरी एम.एस्सी पढ्न थालिसकेकी थिइन । बिदा सकी फर्के म इलाहाबाद । अब बांकी समेस्टर चाँडो सकाई जान पाए, उनलाई भेटन पाए, जस्तो हुन थाल्यो । रोमञ्चित, चंचल र अधर्ैय भए । इन्जिनियरिङ्ग सकियो । फस्ट डिभिजनमा राम्रो स्थानमा पास गरें । पास गर्नुको भन्दा खुशी विनोतीसंगको भेटकेा कल्पनामा हषिर्त म । घर फर्केपछि जागीरको खोजी गनर्ेर्ैैर्‍यो मम्मीसँग प्राय जस्तो बेलुकी तिर फोनमा कुरा हुन्थ्यो । बिहान देखि बेलुकी सम्मको यावत घट्नाको रिपोर्टिङ्ग हुन्थ्यो । देशमा प्रजातन्त्र आइसकेको थियो । तै पनि जागिर पाउन मुश्कीलै भयो । घरमा पनि अव छोरो इन्जिनियर भै हाल्यो, जागीर पाइहाल्ला । बिहे गरिदिनु पर्छ भनेर केटी खोज्ने कार्यमा आमा पनि लाग्नु भयो । मलाई पनि सोधे । मैले जवाफ दिईन । पछि हदै भए पछि मैले विहे गर्न केटी खोज्नु पर्दैन भने र राम्रो जागीर पाए पछि मात्र बिहे गर्ने कुरो बताए । अनेक पारिवारिक झमेला अनि विवाद पछि हाम्रो विहे भयो छोरी । त्रि्रो मम्मीको जिन्दगी माथी सिन्दूरले प्रेमपर्ूवक हस्ताक्षर गरे र कहिल्यै नछुटिने वाचा बन्धनमा हामीले मुटु मुटु जोड्यौं । बिहेको कथा नै अझ दिन भरि लाग्छ कुनै दिन भनुँला । तर हाम्रो लभ स्टोरी यही समाप्त हुदैन छोरी । सबै भन्दा महत्वपर्ूण्ा कुरो त प्रेममा हुनुपर्ने पवित्रता । संगसंगै जीवन विताउने कुरामा क्षणिक आवेशमा गरेको निर्ण्र्ाासही हुन्छ भन्ने ग्यारेण्टी हुन्न । प्रेम दर्ीधजिवी हुन दुवैको रुची सोचाईको भिन्नता थोरै हुनर्ुपर्छ । जीवन दर्ुइचार बर्षो मात्र होइन छोरी । संगै बाच्ने मर्ने कसम खानु सजिलो छ निभाउन गाह्रो हुन्छ । भोलिको हर पाइलाको पर्ूवानुमान गरी हुन सक्ने घटनाहरुलाई समेट्ने र सो अनुसारको प्लानिङ्ग गर्न सकेनौं भने आपसी मनमुटाव बढ्छ र बिहेको बेला खाएको कसमहरु ढुगंे देउतालाई साक्षी राखी खाएका मिथ्या शब्दहरु मात्र हुन्छन । त्यसैले त त्रि्री मम्मीले मेरा अनेक याचना, पर््रार्थनाका बाबजूद पनि मेरो प्रेमको प्रस्तावमा लालमोहर लगाउन समय लिएकी । जवानी जोशमा निमेषमै निर्ण्र्ाात्यो पनि जिन्दगीकेा बारेमा गर्नु हुन्न रै छ , हरेक दृष्टिकोणबाट बिश्लेषण गरी उपयर्ुर्त्तर्mmकसीमा खरो भए पछि मात्र स्वीकृती वा अस्वीकृतीको छाप लगाउनु पर्दौ रहेछ । त्रि्रो मम्मीले त्यही गरी । उनको जचाई पखाईमा म खरो उत्रें, मलाई गर्व छ । त्यो भन्दा पनि ठुलो गर्व उनको दूरदर्शिता र परिपक्व मन अनि मष्तिश्कमा छ मलाई । साँच्ची भनुँ भने छोरी उनको त्याग अनि बलिदान नै आजको वर्तमान हो हाम्रो । तिमी मम्मी जस्तीको छोरी हुनु नै बरदान हो । सृष्टीको अनुपम सिर्जना हो र हामीलाई विश्वास छ , महान मम्मीकी महान छोरी भएर हाम्रो इज्जतमाथी चार चाँद थप्नेछौं । मेरा धारा प्रवाह कथा भनुँ कि स्मरण वडो गम्भीर भएर सुनिरहेकी छोरी, मेरो अनायास मौनतामा झस्की । मेरा आँखाहरु किन हेा कुन्नी सजल भएका थिए । "ड्याडी, के भयो हजुरलाई, के भो -" होइन छोरी, केही भएको छैन , विगतमा भुलें र हर्षो पानी हो यो नानी । "यस्तो आइडियल लभ स्टोरीको म पनि अंश हुँ नि वावा, भनिस्योस् न विहे पछि साह्रै दुःख पाउनुका कारण" आज यो पनि सुनाउँछु सुन । जागीर अस्थायी थियो । मम्मीले पनि युनिभर्सिटीमा लेक्चररको जागिर पाएकी थिइन, बिहे भन्दा अगाडी नै । संयुक्त परिवार, अरु सवै घरमै बस्ने हामी दर्ुइ नै बाहिर काममा जाने थोरै पढेका दाजु भाउजु अनि भाई बुहारी । व्यवहारिक सामञ्जस्य ल्याउन गाह्रो हुँदौ रै छ र मनहरु फाट्दो रहेछ । परिवारबाट बौद्धिक सहयोग पाइन । घर सानो थियो -तिमीले देखेकै छौं ), एउटा सानो नाममात्रको कोठा । मम्मीको प्राज्ञिक ९ष्लतभििभअतगब० िर्सकल र मेरो इन्जिनियर साथीहरु कसैलाई घरमा आमन्त्रण गर्न सकेनौं । वातावरण पनि थिएन । बिहे पछि छोरा छोरी हुन्छन । कहाँ राख्ने कहाँ हर्ुकाउने - अनि आवश्यक पठन पाठन गर्न गराउन धेरै नै पैसा चाइदो रहेछ । त्यसैले हामीले छोरा छोरी तत्काल नजन्माउने आपसी सल्लाह गर्‍यौं । त्रि्रो मम्मीको यो सल्लाहमा फेरी एकचोटी सलाम गर्छर्ुु । "हाम्रो बिहे भएको कति बर्षपछि त्रि्रो जन्म भएको थाहा छ , तिमीलाई -" मैले गणितिय प्रश्न तर्ेसाए छोरीलाई । "भने पछि, अँ .......... १२ बर्षपछि, आम आई राइट -" "आवश्यूलीट्ली छोरी, एक्जाक्ट १२ बर्ष। त्यतिञ्जेल त म माथी नपुंशकताको आरोप पनि लगाए मान्छेहरुले । जन्माउनु ठुलो कुरा होइन , जन्माए पछि असल वातावरण दिनु र उचित मार्गदर्शनका साथ सवल मान्छे बन्न दिनु जे जति गर्नु पर्ने हो गर्नु पर्दछ । हामीले जुन सानो छँदा देखि नै भोगेका विसंगति, आर्थिक अभाव, शैक्षिक दिशा निर्देशको अभाव भोग्यौ, आज पनि ती पिडाहरु कतिपय सपनाहरु अधुरोमै मरेको शोकमा दुखिरहन्छ । त्यो मेरो छोरीले भोग्न नपरोस, आमा वाबु हुनुको कर्तव्यमा हामी चुक्न नपरोस, हाम्रो पवित्र चाह थियो । इमान्दार हुँदा लक्ष्मीको वास नहुँदो रहेछ । जेनतेन हामी दुवैले मेहनतका साथ केही कमायौं र कमसेकम ओत लाग्ने घर हुनु पर्छ भनी जग्गा किन्यौं । बिहे गरेको पत्तो नपाई ८ बर्षवितिसेछ । अव सन्तानको चाह गर्न के थालेथ्यौं । मम्मीको पी.एच. डी गर्ने मौका आइहाल्यो । हरकोहीलाई पि. एच. डी गर्ने मौका हात लाग्दैन । जाउँ कि नजाउँ भयो मम्मीलाई । मैले भनें, "त्रि्रो चाह छ भने अरु कुनै चिन्ता न लिई जानु, मेरो लागि गर्वको कुरो हो" भर्खर बिहे भए जस्तो, जिन्दगीको स्वरुप बन्न बन्नै लागेको बेला बिछोडिनु पर्ने पीडाले मम्मीले पनि निर्ण्र्ाागर्ने सकिनन् । हामी बीच व्यापक छलफल भए पछि जानुपर्ने निर्ण्र्ाागर्‍र्यौ । ४ बर्षकमसेकम लाग्ने पि. एच. डि. । छुट्टनिुको पिडा त असहृय हुन्छ नै । केही पाउन केही गुमाउनै पर्छ । मेरा जीवनका हरेक पलमा सधै राम्रो लागि हात समाती डोर्‍याइदिने विनोतीलाई मेरो कारण असफलता देख्न नपरोस । त्यही कारणले पनि मैले नै बढी प्रेसर गरेको हुँ । एस. एल. सी. मा उत्कृष्ट छात्र म आज इन्जिनियरिङ्गको एउटा मात्र र्सर्टिफिकेट झुण्ड्याएर लाज पचाएर बस्नु परेको पिडाले म पनि जलिरहेको थिए भित्र भित्रै । विनोती गई पढ्न जापान र मलाई जानेवेलामा अव तिमी पनि एम एस्सी गर्न जानु पर्छ । छुट्टीनुको पीडा फेरि एकपटक कितावहरुमा भुल्नु पर्छ भनेर थर्काएर गइन र म पनि उनकै विद्यार्थी जस्तो, हस म्याड्म भने । संयोगबस, मेरो पनि एम. एस्सी. को स्कलरशीप मिल्यो जर्मनीमा । मम्मी पर्ूवमा म पश्चिममा । यसरी हामी फेरी छुट्टयिौं सुखद मिलनको आशामा क्यालेण्डरहरुका पाना पल्र्टाई रहृयौं । मेरो एम. एस्सी पनि सकियो । उनको अझै डेढ बर्षवाँकी थियो । मम्मीको मायाले त्यो डेढ बर्षमैले पनि जापानमै विताए । पर्ुनमिलन भयो । हाम्रो, छोरी । यही हो हाम्रो कथा व्यथा जे भनेनी । रात धेरै वितेछ छोरी । सुत्नु पर्छ पुग्ने गरी । सवेरै उठ्नु पर्छ । "ड्याडी, हजुरहरुको लभ स्टोरी अनि स्ट्रगल सुनेर ममा इनर्जी आएको छ , ड्याडी । म हजुरहरुको सपना तुहिन दिने छैन । मम्मीले किन जाने वेलामा थर्काउनु भयो, बल्ल बुझे । ड्याडी विलिभ मि, म एस. एल. सी. टप गर्छर्ुु" "स्यावास छोरी, अव भने पक्कै मम्मीको छोरी जस्ती , त्रि्रो मम्मीमा त्यस्तै आत्मविश्वास थियो । पारिवारिक वातावरण आर्थिक सम्पन्नता भएको घरकी छोरी भै दिएकी भए म अहिलेसम्म कहाँ कहाँ पुग्थे भन्थी । तर छोरी हामीले राम्रो गर्नु पर्छ भनेर वारम्वार भनेकोलाई दवाव नसम्झनु । राम्रो त्रि्रो शक्तिले, क्षमताले भ्याएसम्म गर्नु । देवकोटा भन्नु हुन्छ , उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । "ओके ड्याडी, मैले बुझे । आज मैले जीवनको सार भेट्टाएकी छु । मेरा ड्याडी मम्मीको पवित्र लभ स्टोरी मात्र होइन लाइफ हिस्ट्री नै पाएकी छु । म आफुलाई भाग्यमानी सम्झेकी छु । म पनि स्यालुट गर्छर्ुुजुरहरुलाई, यू बोथ आर ग्रेट ड्याडी । " ओ के गुडनाइट ड्याडी, लभ यू ड्याडी" ओ के गुडनाइट छोरी, भोलि म चिया पकाई सकेपछि उर्ठाईदिउला । आज आरामसंग सुत । नो टेन्सन नो चिन्ता, ओ के । यसरी समय बित्दै गए । छोरी मौनता मेहनती र तीक्ष्ण दिमागकी छे मलाई विश्वास छ । पढेदै अनि विच विचमा मसंग सोद्धै व्यापक तयारी गरिन एस. एल.सी को । जाँच सकियो छोरीको पनि । उनी आफुमा कन्पिmडेन्ट थिइन । हामी अर्धैयका साथ दर्ूइवटा कुराको प्रतीक्षामा थियौ । एस. एल. सी. को रिजल्ट र विनोतीको स्वदेश आगमन । विदेशबाटै छोरीको जाँचको हालचाल बुझ्दै गरेकी थिइन । मलाई के चिन्ता भने । मौनताको रिजल्ट राम्रो भएन भने यो हुस्सु ड्याडीले छोरी विगार्‍यो भन्ने आरोप विनोतीको सहनु पर्छ मैले छोरीलाई सोद्धा, आय एम हण्ड्रेड पर्सर्ेे कन्पिmडेन्ट भन्छे । विनोतीको फिर्ती दिन पक्का भयो । आषाढ महिनाको २९ गते । एस. एल. सि. को रिजल्ट पनि आषाढकै लास्ट वीक तिर हुन्छ भन्थ्यो । अस्ती आषाडको २७ गते विनोतीले अमेरिका छोड्न अधि रिजल्टको बारेमा सोधेकी थिइन आजभोली नै हुन्छ होला भनी जवाफ दिएको थिए । आषाढ २८ गते हामी दुवै बाबु छोरी अत्यन्तै चिन्तामा थियौं । उकुस मुकुस हामी भित्र । भोलि रिजल्ट हुने पक्का सूचना प्राप्त भएको र भोलि नै साँझ विनोती आइपुग्ने । रात पर्‍यो निदाउन कोशिस गर्‍र्यौ हामी दुवैले । सकेनौं र हामी दुवै टि. भी. हेरेर रात काट्ने निर्ण्र्ाागरी टि. भि. हेरिरह्यौं । विहानीको पर्खाइ त्यो पनि तनावयुक्त । घरी घरी घडी हेथ्र्यौ । अचानक टेलिफोनको घण्टी बज्यो विहानको ५ बजे हुँदो हो । हामी झस्क्यौं । टेलिफोन स्कूलको प्रिन्सिपलको थियो । मेरी छोरीले बोर्ड टप गरिन । छोरीले केही बोल्नै सकिनन । बरर आसु झारिन । प्रिन्सिपलको बधाई नि फर्काइनन् । अवाक हामी दुवै । इन्टरनेटमा पनि राखिसकेको रहेछ । फोनको घण्टी क्रमशः बज्दै रहृ्यो । बधाईको लावा लस्करहरु । मन मनै लाग्यो "म बोर्डमा आउँदा त्यति बधाई आएन ।" "मम्मीलाई इनर्फ गर्नु पर्ने ड्याडी" के गर्ने - के गर्ने भन्ने अव यति वेला मम्मी आकासमा होली ।" "पख, छोरी । हामी ४ बजे त एअरपोर्ट पुग्नै पर्छ । त्यतिवेला मम्मीलाई सरप्राइज दिनु पर्छ । हामी दुवै अलि मुख निन्याउरो पारेर मम्मीलाई बेलकम गर्नुपछ । अनि मम्मीले के भो लाटी , रिजल्ट भनेर थर्काउने छिन । यो हुस्सु ड्याडीको पुल्काईमा रिजल्ट विगार्‍यौ भनेर भन्ने छिन" त्यसपछि हामीले गोरखापत्रको त्यो फोटो सहितको पाना देखाउने र यो भन्दा राम्रो रिजल्ट हुन सकेन भन्ने । छोरी आज तिमीले जुन सफलता हासिल गर्‍र्यौ नि त्यो हाम्रो अधुरो सपना हो । महान मम्मीको महान छोरी हौ तिमी । जाउँ अव एअरपोर्ट एअरपोर्ट पुगी व्यग्रताकासाथ विनोतीको प्रतिक्षा गर्‍यौं । मलाई त डवल खुशी । विनोती सरसामान गुडाउदै निस्की । हामीले पर्ूवसल्लाह अनुसार नाटक गर्ने असफल प्रयास गर्‍र्यौ र पहिलो प्रश्न नै रिजल्ट के भो लाटी, बोर्ड फस्ट आयो होइन भन्ने प्रत्रि्रश्न गरे पछि हाम्रो नाटक भताभुङ्ग भयो । हातमा रहेको गोरखापत्रले सफलताका कथा भनिसकेको रहेछ । त्यो बुझ्ने क्षमता विनोतीसंग मात्र हुन्छ । छोरीसंग बेस्सरी अंगालोमा रोई विनोती । मौनता त झन हिक्का छोड्न थालिन । भेरै बेरको बात्सल्यता पोखिएपछि मैले हस्तक्षेप गर्नु नै पर्‍यो । "जाँउ अव के बाटोमा तमाशा गर्ने भने ।" हैन छोरीको ड्याडी, आज मैले जिन्दगीको पर्ूण्ाता पाएँ । सपना पनि साँचो हुँदो रहेछ । छोरी, त्रि्रो ड्याडी जस्तै व्रिलियन्ट मेरी छोरी, ड्याडी ग्रेट ड्याडी । म विनोतीको शव्दहर भित्रको महानता भित्र द्रविभुत भए । कति महान छे विनोती, आज जे छु, म सवै उनको देन हो । तैपनि छोरीलाई ड्याडीको महानता बुर्झाई रहेछ । "ल ल जाउँ ट्याक्सी आयो ।" हामी ट्याक्सी चढी घर तिर लाग्यौ । अस्तु !