Posted by: chanaa_tarkaari December 12, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
जिन्दगिमा पहिलो पल्ट इन्ट्रान्स एक्जाम दिइयो । एक्टिभ इङग्लिस भन्ने नामको किताब रैछ थाहा पाइयो ।। उज्वल मेरो अगाडि बेन्चमा दिपक पछाडि थियो । आत्तियो एकछिन लेख्नै आएन तैपनि लेख्न थालियो ।। पास भएछु नाम निस्क्यो भर्ना भएँ आठमा । सिकाउने दिपक फेल भयो उज्वल रह्यो साथमा ।। यस्तै छ दाइ राहुलभाइ मेरो यो कहानि । ४४ सालमा देको एसएलसि छोटो मेरो चिनारी ।। आठ कक्षामा मेहनति म नौ मा भएँ खत्तम । सि सेक्सन डि सेक्सन भएन कहिल्यै उत्तम ।। गम्भीरमान सर हाम्रो ब्याचलाइ सधै गाली गर्ने । बिश्व निकेतनको इतिहासमा झुर ब्याच भन्ने । पुर्ण बहादुर, निर्मल सरले हानेन थप्पड हाम्लाइ । ढकाल सरले हाने लट्ठी हाम्रा साथिलाइ ।। लट्ठी भाँचियो तैपनि पिटाइ रोकिएन । हाँस्दै हास्दै पिटाइ खाँदा सर पो बहुलाए ।। यस्तै कहानि भए नि स्कुल मलाइ प्यारो । बाजेको चना तरकारीको स्वाद भुल्नै गाह्रो ।।
Read Full Discussion Thread for this article