Posted by: krk_nepali December 12, 2006
गोलमालबाट 1
Login in to Rate this Post:     0       ?        
गोलमालबाट - Shiva Prakash उल्टो देशमा सुल्टो मान्छे ! संसारमा घामलाग्दा यहाँ अन्धकार हुन्छ बत्ती समेत उल्टा याँ का बाल्दाखेरी निभ्छ । लोग्ने मान्छेलाई यहाँ "गाइ" भन्दा रैछन् आइमाई हुन् कि "गाइ" पटक्कै नचिनिदा रैछन् । भालेभन्दा पोथी याँ'का खरा हुँदा रछैन् लोग्नेभन्दा स्वास्नी धेरै दह्रा हुँदा रैछन् । भाले-पोथी हल बाँधी जोल्ठिएर हिँड्डुल गर्दा रैछन् ठाउँ न ठहर दोबाटोमा दूध, दही, घ्यू, म्वाई सबै खाँदा रैछन् । बाख्रा, कुखुरा पाल्नु छैन घरैपिच्छे कुकुर-बिराला पाल्दा रैछन् आफ्ना सन्तानभन्दा बढी तिनैलाई माया गर्दा रैछन् । खाना पनि बुगल्टुएर काँचो-कचिलो यसै खाँदा रैछन् नाकमा लाउने बुलाकीं नाइटाँ' लाउँदा रैछन् । मान्छे यहाँ रोगले भन्दा ड्रगु ले सुइँकिदा रैछन् यो उल्टो देशमा मोटर पनि उल्टै हुइकिँदा रैछन् । सबै कुरा उल्टै उल्टो आफू परे सुल्टो सुल्टो गर् यो उल्टो हुन्छ उल्टो गर् यो सुल्टो ! अब भने दिमागले उल्टो चक्कर काट्ला भन्ने डर होस् गर साथी भाइ हो ! यहाँ खुस्किएला तार । मे ९ २००५ बोष्टन अमेरिका .
Read Full Discussion Thread for this article