Posted by: shirish December 11, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
दीपक जडित फेरिपनि ढाँट्न सक्छन् ढाँटेकै हुन पहिले पनि फेरी पनि ढाँट्न सक्छन । आज मिले झैं गर्नेहरु भोली फेरी फाट्न सक्छन । १ आफ्नो टाउको जोगाउन परेवा उडाई हिंड्नेले , के भर छ र ? भोली फेरी हाम्रो घाँटी काट्न सक्छन । २ आफ्नो शालिग घोडामाथी चढाई यिनीहरुले नि , शहिद गेट्मा शहिदको फेरी हात छाँट्न सक्छन । ३ आज जस्लाई नङ्ग्याएर तह लाउने किर्या खा'छन् , भोली फेरी यिन्ले उस्कै तलुवा धरी चाट्न सक्छन । ४ झुप्रै पिच्छे पुगी यिन्ले यो त्यो गर्ने वचन त दिए , दर्बार भित्र कुर्शी देखी त्यो वचन् नि साट्न सक्छन । ५ दाशताको साङ्लो खोल्ने नाटक रचेर यिन्ले भोली , फेरी हाम्लाई झुण्ड्याउने लठारो नि बाट्न सक्छन । ६ www.nepalikavita.com
Read Full Discussion Thread for this article