Posted by: Gautam B. December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
हिजो आफ्नु याँ' किचकन्नी हिड्नी बेला भैसक्या थ्यो', तैपनि पसारिनु अगाडि एकबाजी चौतारीको हावा खा'र फिरे---श भ' र आम्नु परो भनेर चौतारी आएर सिठ्ठी बजा'को, किञ्जे बज्जे मात्रै आईपुग्यो। "के छ त किञ्जे तेरो हालखबर?" भनेको "ठिकै छ गोतामे दिजु। माष्टर्नी दाजुलाई नमस्ते गरम् भनेर आ'को।" भन्छ। अनि म पनि आजको चौतारी पनि रमाईलै भयो भनेर तेता'ट हिने के रे, किञ्जे मोरो एक्लै फत्फताएजस्तो छ निकै बेर। किञ्जे , 'किञ्जल्क' नामको अर्थ थाहा भएन यार मलाई पनि। कुनै एउटा नेपाली साहित्यकारको पनि यस्तै उपनाम भएजस्तो लाग्या'थ्यो। लाहुरे दाइ (sandhurst lahure)पनि आएछन् आज त। सलुट गरें लाहुरे दाइ। साह्रै माया मार्नु भो हाम्रो त! यसो कहिलेकाहिँ आउँदै गर्नुस् न हो! उता 'बल्खु'मा मैले पका'को "कुँडो" चाखेर पारख गर्दिने गाम्ले सबैलाई धन्यवाद। पू---रै विद्यार्थी जीवन लगभग त्यसै गरी बिताईयो! तिरु नानीले 'रेसिपी' सोधेकी र'छन्। नामै "कुँडो" भएकोले रेसिपीनै चाहिन्न भनेपनि हुन्छ। जे जे भेटिन्छ, सबै हालेर छड्काइदे हुन्छ!
Read Full Discussion Thread for this article