Posted by: as_a_writer December 10, 2006
यो तिम्रो आँखा (Ashra)
Login in to Rate this Post:     0       ?        
अलिकति कबिता जस्तो पस्कदै छु यो आँखा देखेरे। तर म आफैलाइ चित्त बुझेको छैन। समय को अभाव ले edit गर्न पाइन। मैले जस्तो चाहेको थिए तेस्तो चाहि लेख्न सकिन। कुनै भुल भए माफ पाम। यो तिम्रो आँखा यो तिम्रो आँखा केहि बोल्न खोजे जस्तो केहि भन्न खोजे जस्तो केहि सोध्न खोजे जस्तो उत्तर नपाउदा छटपटाएर मोति छर्न खोजे जस्तो यो तिम्रो आँखा अन्नत सपना बोके जस्तो हर इच्छा रोके जस्तो सबै आशा भेटे जस्तो अनि अचानक तर्सिएर सबै मेटे जस्तो यो तिम्रो आँखा जुनेलि लाइ मात दिए जस्तो ताराहरु लाइ साथ दिए जस्तो रात भरि जागेर मिर्मिरे लाइ डाके जस्तो यो तिम्रो आँखा हार खाए जस्तो जीत पाए जस्तो आँशु लिए जस्तो हासो दिए जस्तो गाह्रो भयो मलाइ बुझन यो तिम्रो आँखा
Read Full Discussion Thread for this article