Posted by: shirish December 10, 2006
Login in to Rate this Post:
0
?
नबिन कुमार चिन्तन (सप्तरी )
गजल
लुकेर बस माहाराज तुफान आउँदै छ
बिस्तारा कस माहाराज तुफान आउँदै छ
बडारी लान्छ कसिङ्गर राज्यको अब यसले
खोपिमा पस माहाराज तुफान आउँदै छ
जनको अघी झुकेर, हैकमबाद थुकेर
कुर्कुच्चा धस माहाराज तुफान आउँदै छ
भएर ज्ञानु ज्ञानको,त्यागी खराब चरित्र
खरानी घस माहाराज तुफान आउँदै छ
काधमा राख्यौ हामीले, शिरमा टेक्यौ तिमीले
भुइमा खस माहाराज तुफान आउँदै छ
------------------------------------------------------------
nepalikavita.com