Posted by: shirish December 9, 2006
ब्याकुल माईला र नया राष्ट्रिय गीत
Login in to Rate this Post:     0       ?        
एक तरीकाले सोच्ने हो भने स्तरीय नभा'को ठीक हो ! आर्को तरीकाले सोच्ने हो भने स्तर नभएको कारण हुन सक्छ । राष्ट्रीय गीत भनेको सबैले बुझ्नु पर्छ ! मोहन कोईरालाको स्तरमा लेखेर कति प्रतिशत नेपालीले बुझ्ने ? नेपेको स्तरमा लेख्या गजल जस्तै हुन्छ ;-) यहां अमेरीकाका पनि जब informed consent हरु लेखिन्छ त आठ कक्षाको स्तर हुनु पर्छ । निर्णायक मण्डलीले लेखकलाई बोलाएर शब्द हेरफेर गर्न लाईएको पनि छ र यसको सम्पर्ण जिम्मेबारी निर्णायक मण्डलीले लिनु पर्छ । दूर्गालाल श्रेष्ठले भन्नु भा' थियो, बिबिसि लाई कि यस्ले नेपालको भुगोल, धर्म, प्रकृति, सम्पदा, आदी ईत्यादी सबै समेटेको छ । सिमित शब्दमा भन्न त गार्हो हुन्छ । बिस्तृत भैकन फिलिङ नभएको कुरा म मान्दछु ! some suggested reading http://www.nepalnews.com/contents/2006/nepaliweekly/deshantar/dec/dec03/literature.php#3 http://www.nepalnews.com.np/contents/2006/nepaliweekly/satyagraha/dec/dec04/index.php#2 "राष्ट्रगान छनौट भएपछि देशप्रति मेरो जिम्मेबारी थपिएको छ ।" -ब्याकुल माईला, नवोदित साहित्यकार (http://www.kantipuronline.com/kol/saptahik/color.pdf page 3 Dec 8th 2006)
Read Full Discussion Thread for this article