Posted by: Amazing December 8, 2006
what happen if Prachanda is killed by..
Login in to Rate this Post:     0       ?        
प्रचण्ड चढ्ने गाडी फिर्ता पाउन बालुवाटारमा उजुरी काठमाडौं, (नेस) नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले प्रयोग गरेको बा५च १८१७ नम्बरको निसान गाडी माओवादी कार्यकर्ताले लुटेर लगेकाले फिर्ता गराइदिन पीडितहरूले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आग्रह गरेका छन्। गत कात्तिक १ गते बूढानीलकण्ठबाट माओवादीको सशस्त्र छापामारले ६ जनालाई अपहरण गरी गाडीसहित विभिन्न धनमाल लुटेर लगेकाले लुटिएका सबै सामान फिर्ता गराइदिन पनि पीडितहरूले प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका थिए। माओवादी छापामारले राजु श्रेष्ठ, भरत तामाङ, मुकुन्द खत्री, जीवन थापामगर, पूर्णबहादुर गुरुङ (कमल गुरुङ), इन्द्रबहादुर राना क्षत्रीलाई अपहरण गरी साथमा रहेको सम्पूर्ण सामान लुटेको पनि पीडितहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री कोइरालालाई पीडितहरूले उजुरी गरेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई नियन्त्रणमा लिइएका गाडीसहित सबै सामान फिर्ता गर्न आग्रह गर्दा अध्यक्ष प्रचण्डले त्यो 'खिचिएको' गाडी भएको र फिर्ता गरे फेरि अर्को गाडी खिच्नुपर्ने भएकाले त्यहीँबाट व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो।
Read Full Discussion Thread for this article