Posted by: once in a while December 8, 2006
Who here is sick of living in a nepalese community?
Login in to Rate this Post:     0       ?        
यहाँ कसैलाई नेपाली समुदाय सँग दिक्क लाछ रे, कसैले तपांई नेपाली हो भनेर सोध्दा मन पर्दैन रे । तिमीहरु खुब नेपृकाने भएछौ । तिमीहरु पक्कै पनि त्यो बर्गका मानिस् हुनु पर्छ, जसले आफ्नै वाबुलाई नोकर भनेर चिनाउन पछि पर्दैन । भोली केही सहयोग चाँहीएमा, मर्दा-पर्दा चाँहीने त नेपाली नै होइन र ? यहाँ साझाकै फोरम मा क्यान्सर्, लागेका, मृगौलाले काम नगर्ने भएका नेपाली हरु लाई सहयोग गर्न पर्‍यो भनेर सन्देश राखेको देखेकोछु र नेपाली हरुले धेर थोर सहयोग गरेको विवरण पनि देखेकोछु । तिमीहरुलाइ भोली सहयोग चाँहीएमा कुन मेक्सिकाने ले गर्छ कि, अम्रिकानेले गर्छ कि ? एउटा बिरानो देशमा एउटा नेपालीले अर्को नेपालीलाई देख्दा सोध्-खोज गर्नु के नराम्रो हो र ? अरु सँग कुरा गर्दा चाँही चेपारे पारेर, आई अप्प्रेसिएत्, थ्यांक यू सो मच्, ह्याव अ गूड डे, भन्न सक्नेले के नेपालीसँग चाँही बोल्न हुल्न ?
Read Full Discussion Thread for this article