Posted by: Poonte December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
कैले भुने सुक्रबार कर्फ्यू ला'को जस्तो, कैले चईं तेई सुक्रबार मेला ला' जस्तो! क्या बिघ्न थुप्र्या हुन् आज चौतारीआँ? लौरो त परै जाओस् दुईटा खुट्टा टेक्न नि ठाम् छैन जस्तो पो! मास्टरनी नानी, ल आउनुस् के रे दिसेम्बरको बन्तयामा म काँ, अनि बना;र ख्वाम्ला तो सब परिकार। लिस्ट हेर्दै गा'थें, लिस्टाँ भा'को सब थोक फस किलास बनाईदिन्छम्, मरिजाम्! बरु, तो चौतारी जमघट चईं फलपै खाला जस्तो छ, कोई नि नआम्नि रे। जिम्माले, नमे र हरि ले मत्र सम्भावना जना'को छ के रे् तीन भाइ मत्र आम्नि हो भुने, २४, २५, २६, २७ भित्र पारम्। झन् हप्ताभर भेकेशन ले'र पिलान अरेको, अब तिमेरुकी भाउजु संगै कतै घुम्न जाम्ला। किन्जाल्कको माने चईं के परेछ? तर दीपेले भने झैं, किर्ना किर्नाऽऽ जस्तो सुनिने नाम नदिम के रे नौलो मुन्छेलै। अर्कै बनाईदिम्। किन्जे कस्तो लाग्छ, कुन्नी? ईन्द्रेणी बुईनी धेरै पछि देखा परिन्। अचेल त फुन सुन नि छैन, कि पोई पा'र मात्तिएकी हौ? :p यस्सो खबर सबर गर्नु नि कहिले काहिं हुँदो। गाईको खोर र कुखुराको गोठ सफा अर्नि मुन्छे चाईयो रे? :p म त आज तो चाट पसालाँ घुस्दै घुस्दिन! हिजो ३-४ घण्टा तेत्तिकै बितेर अरु कामको बबाल भो! अँ, साँच्चि! टिन्से (TN) गाम तिर हाँरो चौतारीका कोई छन्? पक्का त छैन, तर यस्सो काम पर्ला जस्तो छ, अनि बुझि राखम् भुनेर। ल, म त गईं अईलेलाई। पछि पछि नआऊ हे कोई नि! गनाउला! :p
Read Full Discussion Thread for this article