Posted by: Rahuldai December 7, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
याद मा त जिन्दगी अड्केको छ । विश्व निकेतन को जस्तो यादगार् जिन्दगी रहेन, त्यस पछि । पूर्ण बहादुर सरको झापड्को पापड न खाने त शायद कमै होलान । अहिले चाँही झापड हान्न बिर्सनु भए छ, क्यारे । नरेश सर पनि कम थिएन । त्यती बेला, गाली, झापड्, ताली जे खाए नि त्यो पछि आफ्नो लागि रहेछ, होइन र? प्रदीप सर को कथा अनि ल तोरी लाउरे तेरो भोली पढाउने पालो- ले अझ प्रखर बनायो मलाई । सुरुमा, मैले आफ्नो नाम नि शुद्ध लेख्न सक्दिन थें । एकदिन मन्जु मिसले नाम शुद्ध सँग लेख्न न सक्ने ले एस् एल सी कसरी पास् गर्छस् भन्नु भयो, साह्रो घत लाग्यो । त्यो दिन देखि नेपाली सिक्न थालें । कक्षा ९ पुग्दा सम्म नेपाली मा ब्यापक सुधार भयो र स्कूल को प्रतिनिधित्व गर्दै निबन्ध प्रतियोगीता हरुमा जान पाएं । १० पुग्दा त भ्याए जती पुरस्कार हात पारें । एस् एल सी मा सम्भवत नेपाली मा नेपाल भरि म सर्बप्रथम भएं । मन्जु मिस् को बचन ले जिन्दगीको धार नै बद्ल्लियो ।अग्रगामि छलाङ्ग भनेको यही होइन त? रिसानी माफ है मित्र हरु, याद मा बहदै आफ्नो गुणगान आँफै गाए छु । मपाईंको मात लागे छ क्या रे ।
Read Full Discussion Thread for this article