Posted by: gwanche December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
नमस्ते ठुलि, नेपाल जान लागेछौ, वि विल अल्सो मिसा यु ! यस्सो मिलाएर साझामा आउनु । नेपालबाट नि साझामा बेला बेलामा आउन मिली हाल्छ नि, म नेपाल जाँदा त आउन मिल्या थ्यो चौतारी मा , बाटो अलिकति स्लो मात्रै हो, मेरोमा त डायल अप छ, तेइ भएर । राम्रो सँअ जानु । काठमाडौंलाइ मैले मिस गरेको छु भन्नु । चितवन गयौ भने त्या मचान वाइल्ड लाइफको पछाडिको झाडी तिर गएर हेर्नु एउटा गैंडा भेटिने छ, ते स्लाइ नि हेल्लो भन्दिनु मेरो तर्फबाट । यस्सो हाम्रो गामतिर गयौ भने सप्पैलाइ नमस्ते भन्दिनु । आउँदा नि फ्र्यान्क्फर्टबाट नै फर्किने भे, मेरोलागि ल्याएको तितौरा र पुश्टकारी पिलेनको झ्यालबाटै तल हुत्याइदिनु मेरो नाम लेखेर, म तल कुरिरहुँला । have a safe journey and enjoy your time in nepal. बि टि डब्लु, बकाइनो भनेको मैले हाम्राइ गाम्लेहरुबाट सुनेको हो, म नि तिम्रै ड्याङ (के हो भनेर सोध्लेउ नि फेरि)को मुला हो । यामे ब्रो ले भनेको बकाइनोको अचार बनाउन मिल्छ रे, एउटा बनस्पति हो रे क्या ।
Read Full Discussion Thread for this article