Posted by: harikancha December 6, 2006
anybody from Belgium
Login in to Rate this Post:     0       ?        
नेपालीसँग ठोक्किँदै म्युनिखबाट ट्रेन चढेपछि शरणले फोनमा जानकारी दिनुभयो, "बेल्जियमको लुभेन रेल स्टेसनमा बेलुका साढे छ बजे साथी राजेन्द्र भट्ट लिन आउँदैछन् ।" लुभेनको स्टेसनमा ओर्लिएपछि राजेन्द्रजीको प्रतीक्षामा करीब एक घण्टा बित्यो । त्यसबीचमा स्टेसनमा थुप्रै नेपाली अनुहारहरू देखिए । कुर्दा-कुर्दा पट्यार लागेपछि त्यहाँको वस्तुस्थिति बुझ्न स्टेसनबाट बाहिरएिको मात्रै थिएँ, ठूलो अक्षरले 'हिमालयन फुड हाउस' लेखेको देखियो । अनुमान गरेबमोजिम त्यो नेपाली रेष्टुराँ नै रहेछ । त्यहाँ पुगेर आफ्नो समस्या बताएपछि उहाँहरूले राजेन्द्रजीलाई फोन गरििदनुभयो र राती करीब ११ बजे उहाँ आएर मलाई लैजानुभयो । भोलिपल्ट लुभेन घुम्न निस्कँदा बाटो र चोकचोकमा जम्मा भएका नेपाली देख्न पाइयो । घुम्दाघुम्दै बाटो अलमलिएपछि मैले चोकमा एकत्रितमध्ये एक नेपालीलाई सोधेर आफ्नो गन्तव्य पत्ता लगाएँ । अझ त्यहाँ भेटिएका साथीहरूले त नेपालमा जस्तै सुकुटी र रक्सी पाइने बताएर चकित पारििदए । हुन पनि त्यहाँ थुप्रै पसल, रेष्टुराँ, टेलिफोन र फोटोकपी सपहरू नेपालीहरूको पनि रहेछ । लाग्यो, शायद युरोपमा नेपालीसँग नेपाली धेरै ठोक्किने ठाउँ यही मात्र हो । Source: http://kantipuronline.com/Nepal/notebook.php
Read Full Discussion Thread for this article