Posted by: Birkhe_Maila December 5, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
आधिरातमा मनको खुलदुलि केलाउँदा-
मन रोएको बेला-
मन रोएको बेला-
मुटुका ओसिला जङ्गली झारहरु
यत्त तत्र जेलिँदै ,
कुहिएको र जमेको जलमा
फगत तैरिँदै,
आफ्नो अस्तित्व नियाल्छन्
र पाउँछन्-
चिसो हावाले मुटु छेड्दा,
पानीको सतहमा
अलिकता घस्रिएको,
अलिकता तैरिएको,
अलिकता गहिरिएको,
एक्लो, तर जालोले घेरिएको,
बहाव खोज्दै जाँदा
भुमरिमा कतै जेलिएको,
एउटा निरर्थक, निस्पट्ट
कालो ‘लेउ’;
जसले भोलि आउने
बिहानीको रंग,
अझै कालो छ भन्छ!!