Posted by: radhaupadhyaya December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
अपमान र पीडाको बैरङ्गः डीभी - प्रदीप नेपाल मैले अहिलेसम्म पनि इडीभी या डीभी भनिने रहस्यम चिठ्ठाको अर्थ बुझ्न सकेको छैन । जताततै डीभी भर्ने विज्ञापन, रहर पढेर र देखेर पनि मैले अहिलेसम्म डीभीको गा " ठी कुरो बुझ्न सकेको छैन । अमेरिका र डीभी पर्यायवाची भैसकेका छन् नेपालमा । डीभी भन्ने शब्द नै अमेरिकी र्स्वर्ग भएको छ नेपालमा । अलिअलि अंग्रेजी जानेका र कम्प्युटरस " ग खेल्न सिकेका प्रत्येकले डीभीलाई सुदूरभविष्यको सुनखानी सम्भिmएको छन् नेपालमा । आफूले पटक्कै नबुझेको हुनाले मैले केही उदाहरण मात्रै दिएर यो नदेखिएको र्स्वर्गसम्बन्धी टिप्पणी गर्ने विचार गरेको छु । प्रत्येक वर्षडीभी भरिन्छ नेपालमा । उहिले यत्तिसाह्रो हल्ला हु "दैनथ्यो । तर, गएका तीन-चार वर्षेखि इडीभी भर्ने च्याउखेती, इन्टरनेट पुगेका सबै शहरमा चलेको छ । कतिपयले डीभी आफ्नै कम्प्युटरमा भर्दा हुन्, कतिले जान्नेका घरमा गएर भराउ "दा हुन् । यसबाहेकको तेस्रो पंक्ति छ, लहै-लहैको भरमा डीभी भर्ने । यिनै लहै-लहैवालाहरुले बजारको इन्टरनेट खेतीलाई आफ्नो अमेरिका जाने भर्याङ बनाएका छन् । तर, अमेरिकामा विचित्रको दर्शन पाए " मैले इडीभीको । यसपालिको अमेरिका यात्रामा मैले डीभीको सक्कली अनुहार खोज्ने कोसिस गरें । नेपालमा राम्रै राम्रै काम छोडेर हि "डेकाहरुको चर्चा सुनेको थिए" मैले । नेपालको राम्रो काम छोडेर अमेरिका भास्सिएकाहरुले त्यहा " झन् राम्रो काम पाएका होलान्, उनीहरु जिन्दगी आफ्ना स्वणिर्म वर्षो आनन्दसागरमा लहरिइरहेको होला भन्ने आशाले मैले डीभीमार्फ् अमेरिका छिरेकाहरुस "ग भेटघाट गर्ने कोसिस गरंे । मैले सुनेको कुरो मात्र हो यो । -हुन त पछि नेपाल आएपछि त्यसको पुष्टि पनि भयो) । डीभी पीडितका रुपमा एक जोडी विश्वविद्यालयका शिक्षक दम्पत्तिको चर्चा सुनें पहिलो नम्बरमा । डीभी परेछ उहा "हरुलाई पनि । जानुभएछ अमेरिका । केही समय बस्नु पनि भएछ । अपमान र सास्ती पाएरै होला 'यो ठाउ" हामीजस्ता मान्छे बस्ने होइन रहेछ' भनेर फर्किनुभएछ । उहा "हरु नेपाल फर्किने र म वासिङ्गटन पुग्ने समय एउटै-एउटैजस्तो परेछ । मान्छे चिन्ने औसर पाइन मैले । ज्ञानेश्वरतिरको हुनुह" ुदोरहेछ भन्नेसम्मको झिनो ज्ञान पाए " । जेभए पनि ती प्राध्यापक दम्पत्तिको नेपाल फर्काइ मेरा लागि सन्तोष, सुख र गर्वको विषय भयो । नचिने पनि म उहा "हरुलाई टाढैबाट नमस्कार गर्छर्ुु उहा "हरु कुन पीडाका कारण अमेरिकाका रुखहरुमा फल्ने हरिया डलरका नोटहरुलाई तिरस्कार गरेर उही आफ्नो गरिब नेपालमा फर्किनुभयो भन्ने जानकारी देशलाई दिनुभएमा हजारौं नेपालीले अकारण दुःख पाउने थिएनन् । आफूलाई नचाहि "दो फजितिमा पार्ने थिएनन् । प्राध्यापक दम्पत्तिसमक्ष यो मेरो अनुरोध हो । चार वर्षपहिले उपचारका लागि दिल्ली गएको बेला मैले एकजना सिग्देल भाइ भेटेको थिए " । उहा" डीभी परेर अमेरिका जानुभएको त थिएन तर अमेरिकामै अण्डरग्य्राजुएटदेखि मास्टरसम्मको पढाइ सकेर, एउटा राम्रो कम्पनीमा जागिर खाइरहनुभएको थियो । कम्पनीले उहा "लाई रुचाएकै थियो । तर, जागिरका केही वर्षपचाएपछि सेतो छालाको प्रताडना र अपमान सहन नसकेर नेपाल फर्किएको उहा " को दुखेसो सुनेको थिए " । भाइ भए पनि मैले उहा" लाई नमस्कार गरेको थिए" । जेभए पनि मानव भएर जन्मिएपछि वैयक्तिक स्वाभिमान त सुरक्षित हुनर्ुपर्छ । अमेरिका जान चाहने दर्जनौंलाई मैले सिग्देल भाइको उदाहरण दिएरै हतोत्साहित गरेको थिए " । अमेरिकामै पुगेर प्राध्यापक दम्पत्तिको कथा सुनेपछि सिग्देल भाइलाई मैले फेरि नमस्कार गरें । तेस्रो चरीत्रको पोल खोल्नुहु "दैन मैले यहा" । नेपालमा हु "दा उहा " उपसचिव हुनुहुन्थ्यो । शायद अहिले पनि हुनुहुन्छ । मैले उहा" लाई मेरील्याण्डको सबैभन्दा धनी काउण्टीमा एउटा सुत्नेकोठा - क्ष्लनभि द्यभमचयom ) भएको अपार्टमेन्टमा भेटें । अमेरिकामा जागिर नसोध्नु भन्छन् रे । तर, मैले जागिर सोधें । एउटा पसलमा क्यासियर हुनुहु "दोरहेछ । उहा" काम गर्ने पसलको क्यासियर हाम्रो नेपालको क्यासियरजस्तो ठा "टस"ग कर्ुर्चीमा बसेर पैसाको हिसाब-किताब गर्न पाउ "दैन । उभिनर्ुपर्छ सास्ती खेपेर उसले । ठूला मान्छेले सानो काम गर्नुहु "दैन भन्ने मेरो मान्यता होइन । तर, नेपालमा उपसचिव तहसम्म पुगिसकेको र सहसचिव हुन ठीक्क परेको मान्छे इडीभीको चिठ्ठाको मोहजालमा किन अमेरिका हान्निएको होला - नेपालमा ९९ भनिनेखालको पसलमा एउटा कम्प्युटरको पछिल्तिर उभिएर दर्ुइ-चार डलरको हिसाबमा किन अल्भि mएको होला - भन्ने जस्ता स्वाभाविक प्रश्नहरु मेरो मनमा झुल्किए । मैले उहा"लाई सोधें पनि । उहा " डीभी भर्दाको खर्च, अमेरिका आउ "दाको खर्च उठाउने मानसिकतामा पटक्कै मन नपरेको काममा जोतिनुभएको रहेछ । डीभी पर्नेबित्तिकै अमेरिका गैहालिन्छ, त्यहा " काम पाइहालिन्छ । अनि त मज्जै मज्जा । यो नेपालमा डीभी भर्नेहरुको सपना हो । तर, त्यस्तो सजिलो देखिन मैले कतै पनि । डीभी पर्नु भनेको अमेरिका छिर्न पाउने एउटा सामान्य यात्रा परिचयपत्र हो । त्यसले अमेरिकामा कामको सुनिश्चितता गर्दैन । कति डीभीवालाहरुलाई मैले भारतीय सज्जनहरुले चलाएका रेष्टुरा "हरुमा बा"च्नै हम्मेहम्मे पर्नेगरी काममा जोतिएको पनि देखें । डीभीको सुन्दर सपना स "गालेर अमेरिका भास्सिएका एक दर्जन मानिस भेटें मैले । हाड घोटेर काम गर्छन् बिचराहरु । एक-एक घण्टाको हिसाब हुन्छ । राति थाकेर चुर भएर कोठामा आउ "छन् र डङ्रङ्ग भुइ"मा पल्टिन्छन् । एउटा सानो कोठामा घटीमा छजना, अधिकांश ठाउ "मा एघार जनासम्म ठेसिएर बसेका हुन्छन् । जिन्दगीको अर्थ फगत असम्मानजनक काम र थकाइमा बेरिएको हुन्छ । नेपालमा जस्तो छुट्टी र रमाइलोको त मैले कल्पनासमेत गर्न सकिन । म आफ्नो भतिजको घरमा बसेको थिए " । तिनीहरु डीभी परेर गएका होइनन् र कमाइ पनि राम्रै गर्छन् । तर, मेरा कारण तिनको कामको घण्टा छोट्टएिला कि भनेर म सधैं र्सतर्क रहिरहें । मैले भेटेका धेरै डीभीवालाले सुशील र कल्पनाको सुखी जीवनको प्रशंसा गरंे । दुवैजनाको काम सजिलो भने । तर पनि, मलाई घुमाउन एक दिन त नागा गर्नैपर्यो । सबैभन्दा सुखी र सजिलो काम गर्ने दम्पत्तिको त यो हाल छ भने परिश्रमी हातहरुले कस्तो जिन्दगी बेहोर्नुपर्ला - मेरी एउटी भतिजीले मलाई एकछाक खाना खुवाउने समय पनि पाइन । उनीहरु स "गै बसेका रहेछन् नौजना । त्यसबाहेक एक दिन मलाई खाना खुवाउन छुट्टी लि "दा उनीहरुको एक हप्ताको बजेट तलमाथि हुने महसूस गरेपछि "होस्, पिर नगर, पछि धेरै कमाइ गर, छुट्टै बस्न सक्ने हो, अनि खान आउ "ला" भनेर बिदा मागें । यो हो स्वप्ननगरी अमेरिकाको सा "च्चो अनुहार † अमेरिकाको अर्को खराब संस्कृति हो संस्कृतिहीनता । एशियाली मूलका, खास गरेर दक्षिण एशियाली मूलका मानिसहरु त्यहा " पनि दोस्रै दर्जाका नागरिक हुन्छन् । त्यहा " पनि छालाको गणना हुन्छ, रङ्ग र कपालको गणना हुन्छ । हाड खियाएर अमेरिकाका लागि काम गर्ने नेपालीहरु अमेरिकाकै लागि तिरस्कृत हुन्छन्, अपहेलित र अपमानित हुन्छन् । स्वाभिमान खुम्च्याएर बस्ने हो नेपालीले त्यहा " । डीभी परेर अमेरिका छिरेको नेपालीले जति मिहिनेत गर्छ, त्यतिको मिहिनेत गर्दा नेपालमै सम्मानजनक जीवनको गुजारा गर्न सकिन्छ । रमाइलो दिन शुरु हुन्छ, अमेरिकामा रातले शहरमा पाइलो हालेपछि । मनोरञ्जन गरिरह "दा पनि एउटा नेपाली भोलि बिहान छ बजे नै उठ्नुपर्ने, आठ बजेभित्र काममा जानुपर्ने पीडामा रुमल्लिएको हुन्छ । पिरिएको मनले कति मनोरञ्जन गर्दो होला । एक दिनको त कल्पनै नगर्नुस्, तपाइ "हरु । एक दिन काम छुट्यो भने बेलुका भोकै सुत्नुपर्ने अवस्थामा हुन्छन् डीभीको सुन्दर सपना बोकेर गएका नेपालीहरु । नेपाली धेरै छिरेका छन् अमेरिकामा । धेरैको जीवन सुखी एवं समृद्ध पनि छ । तर, त्यो समृद्धिको छाया " मा पीडाका कस्तो दुःखद् गाथाहरु छन् भन्ने कुरा जान्न तिनै परिवारस "ग एकाध हप्ता बिताउनर्ुपर्छ, जिन्दगीको बिजोक त्यस्सै थाहा हुन्छ । लुकाउ "छन् कतिपयले आफूले भोगेको अपमानको पीडा । तर, त्यो छताछुल्लै पोखिएको हुन्छ उनीहरुको अनुहारमा । उनीहरुको सुस्केरामा । डीभीको दुःस्वप्नमा नरमे है बन्धु हो भनेर त म भन्दिन । किनभने दुःख पाउनु व्यक्तिको निजात्मक सोच हो । हो, अमेरिकामा जिन्दगीको कुनै अर्थ हु "दैन भनेर चाहि " मैले भन्नर्ैपर्छ । जिन्दगी मेसिन हुन्छ त्यहा" । मेसिन जोस "ग कुनै संवेदना हु"दैन अनि कुनै भावना । ********************************************************************** amerika bhanera marihatte garne haru ka lagi
Read Full Discussion Thread for this article