Posted by: Rahuldai December 4, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
आज केही बिगत का तीता मीठा स्मरण कोर्ने जमर्को गरेकोछु। सम्भवत: हामी २०३६३७साल् मा ७ पास् पछि विश्व निकेतन मा भर्ना हुने क्रम मा पहिलो पल्ट प्रबेश परीक्षाको ब्यबस्था गरेको मा फस्यौं। अंग्रेजी, नेपाली र गणित् को जाँच लिएकोथ्यो। अँग्रेजी को परीक्षामा " convert following setences in to Negative sentences " भनेर सोधेको रेहेछ, म लगायत् मेरा वरिपरि बस्ने कसै लाइ नि नेगेतिभ् वाक्य भनेकै थहा रहेन छ ( हामी प्राय जस्तो एकै स्कूल् बाट ७ पास् गरेका)। एकजना हामी मध्येका १जना जान्ने सुन्ने मित्र ले जुक्ति निकाले, कृया मा( Verb ) "S " थप्ने भनेर। यस्ता अंग्रेजीको अकरण् वाक्य नै थहा नभाका लड्डु बिद्ध्यार्थीहरु को जमात् लाइ तत्कालीन् अंग्रेजी का शिक्षकहरु क्रमश: के बी महर्जन्, भूपाल् लामिछाने, कोहिनूर् माथेमाअनि सबै का आदरणीय गम्भीर मान सर मिलेर निखार्दै लैजानु भयो । ८ लाइ जसो तसो पास गरी ९ पुग्दा अंग्रेजीक ग्वाँचहरुले बी ए को अंग्रेजी परिक्षाको सम्पूर्ण ब्याकारणह लाइ बायाँ हात ले मिलाए । अग्र्गामी छलाङ्ग भनेको यही होइन र, मेरा मित्र हरु ? अस्तु!
Read Full Discussion Thread for this article