Posted by: gaalab December 3, 2006
Maobadi's aim
Login in to Rate this Post:     0       ?        
And also this: ------ विद्रोह थाल्नुअघिका सात प्रतिबद्धता · देशको विशिष्टताअनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारति दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने प्रक्रियाको पहलकदमीको योजना निर्माणका लागि माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्ध अविचलन नरहने प्रतिज्ञा गर्दछ । · एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन । · यो योजना सर्वहारा अन्तर्राष्ट्रियवादको महान् भावनामा आधारति रहनेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद-लेनिनवाद, माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको 'क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन' -रमि) को विकासमा अझ बढी सहयोग पुर्‍याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ । · हाम्रो यो योजना नयाँ जनवादी क्रान्ति कालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारति रहनेछ । · हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई संयुक्त पारी सशस्त्र सङ्घर्ष सञ्चालन गरनिेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टीको कुनै देशी तथा विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन । · युद्ध सरल रेखामा होइन, जटिल बक्र रेखामा अघि बढ्नेछ । जित र हातको उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढङ्गले पक्डेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौँ । http://www.kantipuronline.com/Nepal/aabaran.php
Read Full Discussion Thread for this article