Posted by: gaalab December 3, 2006
Maobadi's aim
Login in to Rate this Post:     0       ?        
The following piece may be of some interest. It is written by Bhojraj Bhat and is excerpted from the current issue of "Nepal" magazine posted in the Kantipur portal. For more information on Maobadi war stuffs, read the cover page article of the magazine. In a few days time, they might shift this issue to the archives. गोर्खादेखि नमोबुद्धसम्म २०५२ फागुनमा जनयुद्ध थाल्नु एक महिनाअघि अर्थात् माघमा माओवादीका १७ जना केन्द्रीय सदस् यहरूको बैठक गोरखाको आरूघाटमा बस्यो । जुन माओवादीवृत्तमा 'गोरखा बैठक' भनेर चिनिन्छ । नेपालको भू-परविेश र सामाजिक स्थितिलाई मूल्याङ्कन गरेर माओवादीहरूले अर्धसामन्ती र अर्धऔपनिवेशिक साम्राज्यवाद दुवै भएकाले नेपालमा माओत्सेतुङ्को 'दीर्घकालीन सशस्त्र जनयुद्ध' कोे रणनीति अवलम्बन गर्ने निर्णय गरेका थिए । माओले २८ वर्षपछि मात्र सफलता हासिल गरेको विश्लेषण गर्दै नयाँ युगमा त्यसको आधा समयमै सफलता हासिल गरसिक्नुपर्ने रणनीति गोरखा बैठकमा तय गरयिो । अर्थात्, १५ वर्षको मोटामोटी दीर्घकालीन जनयुद्धको परकिल्पना पारति भयो । त्यही बैठकमा १७ जना सबैले एउटा सामूहिक फोटो खिचाएका थिए । माओवादीका एक जना केन्द्रीय सदस्य भन्छन्, "हामीमध्ये कोही पनि पहिलो योजनामै -छ महिनाभित्रै) आधाभन्दा बढी दुश्मनबाट मारनि सक्छौँ भनेर सम्झनास्वरूप त्यसरी तस्वीर लिएका थियौँ । यदि त्यसरी मृत्युवरण गर्नुपरेमा पनि जनयुद्ध जारी राख्ने प्रतिबद्धता जाहेर गर्‍यौँ ।" गोरखा बैठकले अर्को महत्त्वपूर्ण सातबुँदे प्रतिबद्धता पारति गर्‍यो, जसमा 'एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आमजनताप्रति अपराध हुने' उल्लेख छ । त्यसमा भनिएको छ, "यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन ।" -हेर्नुस्, प्रतिवद्धताका सात बुँदाहरू) गोरखा बैठकमा उल्लिखित दुई निर्णयहरू १० वर्षसम्म अक्षरशः पालना गरे, माओवादीहरूले । हतियारको आडमा उनीहरूले ठूल्ठूला आक्रमणहरू गरे, सँगसँगै शहरमा विद्रोहको आधार बनाउने रणनीतिअनुरूप आन्दोलन, हडताल, विरोध प्रदर्शन पनि एकसाथ चलाए । फौजी कारबाहीमार्फत आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न नसके पनि नेतृत्वको सुरक्षा गर्नमा माओवादीहरू सफल देखिए । कहाँसम्म भने उनीहरूले दुईतिहाइ नेतृत्व समाप्त भए पनि जनयुद्ध जारी राख्ने कसम खाएका थिए, जसअनुरूप द्वन्द्वका क्रममा १५ हजार नेपाली मारएि पनि माओवादीको एकतिहाइभन्दा कम नेतृत्वको क्षति भयो । यसबीचमा माओवादीहरूले आठवटा कार्ययोजना बनाए, त्यसपछि मात्र ०६१ साल भदौमा रणनैतिक प्रत्याक्रमणको पहिलो र ०६२ असोजमा दोस्रो योजना घोषणा गरेका हुन्् । ०४८ सालमा भएको राष्ट्रिय अधिवेशनले जनयुद्ध गर्ने नीति पारति गरेपछि अहिलेका माओवादीहरूले त्यसपछिको तीन वर्षको अवधिमा चार तयारी गरेको पाइन्छ । साङ्गठनिक तयारी, सेना निर्माण, मोर्चा निर्माण र प्रचारप्रसारको अभियान । यही बेला माओवादीले एक दर्जनजति कार्यकर्ताहरू -पासाङ, अनन्त, बलदेव आदि) लाई भारतको 'पिपुल्स वार गु्रप' सँग हतियारसम्बन्धी विशेष तालिम गर्न पठाएको बताइन्छ । जनयुद्धको शुरूवातपछि त भारतीय माओवादीहरूले नेपालमै आएर तालिम दिएको खुलासा भइसकेको छ । ०५५ सालको चौथो विस्तारति बैठकले दुई नीति पारति गर्‍यो । चीनमा माओको व्यक्तित्व र दरलिो एकल नेतृत्व अघि सारेर क्रान्ति अघि बढाइएझैँ प्रचण्डको तस्वीर सार्वजनिक गर्ने र आधार इलाकाको निर्माणको व्यापक तयारी गर्ने । यसपछि माओवादीभित्र अर्को महत्त्वपूर्ण बैठक मानिन्छ, भारतको पञ्जावमा भएको दोस्रो राष्ट्रिय सम्मेलन । ०५७ मा भएको यस सम्मेलनबाट प्रचण्डलाई महामन्त्रीबाट अध्यक्ष बनाइयो र ग्रामीण वर्ग सङ्घर्ष तथा शहरी विद्रोहको 'फ्युजन' का रूपमा प्रचण्डपथ ल्याइयो । यहाँसम्म आइपुग्दा माओवादीहरूले 'दीर्घकालीन जनयुद्धबाट मात्र राज्यसत्ता कब्जा गर्न सकिन्न' भन्ने भित्री मूल्याङ्कन गरसिकेका थिए । त्यसैले होला, ०५६ देखि उनीहरूले ठूलो फौजी आक्रमण गर्ने र लगत्तै वार्ताको आह्वान गर्ने रणनीति अपनाए । तर, सोचेअनुरूप सफलता पाएनन् । पहिलो वार्ता ठोस एजेण्डामा नै प्रवेश नगरी टुङ्गियो । त्यसबाट पाठ सिक्दै माओवादीहरूले दोस्रो वार्ताको पूर्वतयारी क्रममा ०६० सालको अन्त्यतिर '२१ औँ शताब्दीको जनवादको विकास' नामक मार्गनिर्देशक बनाए, जसमा परम्परावादी कम्युनिष्टहरूको अधिनायकत्व्ा राज्यसत्ताभन्दा बहुदलीय प्रतिस्पर्धाको कुरा समेटियो । त्यसपछि बल्ल माओवादीहरूले आफूलाई सही प्रजातान्त्रिक शक्ति भएको दाबी गर्न थालेका हुन् । माओवादीहरू हालको अवस्थामा आइपुग्नुमा चुनबाङ बैठकले नै ढोका खुला गरििदएको हो । सोही बैठकमा माओवादीहरूले नेपालको ८० प्रतिशत भूभाग आफ्ना कारणले कब्जा भएको भन्ने निष्कर्ष सच्याउँदै 'साम्राज्यवादी' हरूले जनयुद्ध लम्ब्याउने षड्यन्त्र गरेर गाउँ खाली गरििदएको निष्कर्ष निकालेका थिए । जसका विरुद्ध माओवादीहरूले गाउँ खाली गरी शहरकेन्दि्रत आक्रमण गर्ने रणनीति बनाए । र, सँगसँगै सात दलसँग मिलेर शहरकेन्दि्रत आन्दोलन गर्ने निर्णयमा पुगे । त्यसैको परण्िााम हो, १२ बुँदे सहमति । सात दलसँग मिलेर जनआन्दोलन-२ गरेपछि माओवादीहरूले सोचेविपरीत राजनीतिक घटनाक्रम विकसित भए । ०६३ वैशाखको अन्त्यतिर पञ्जावमा बसेको माओवादीको विशेष बैठकले जनआन्दोलनलाई जनविद्राेहमा परण्िात गर्न नसकेको आत्मसमीक्षा गर्‍यो । 'जनआन्दोलनको उभार जनताको मन जितेर हुन्छ, बन्दुक तर्साएर होइन' भन्ने कुराको ख्याल भएर होला, माओवादीहरूले सशस्त्र जनयुद्धको रणनीतिमा परविर्तन ल्याए । शान्तिवार्ता र सङ्घर्षको दोहोरो रणनीति एकसाथ अघि बढाउने नीति पारति गरे, जसलाई 'अपि्रल थेसिस' पनि भनियो । पछिल्लो अवस्  थामा यस रणनीतिबाट सफलता हासिल गर्ने स्थिति नदेखेपछि एकाएक कामीडाँडा बैठक बोलाइयो । यस बैठकले गाउँमा जनयुद्ध पनि जारी राख्ने, शहरमा शान्तिवार्ताको पहल गर्ने, त्यसका लागि आवश्यक दबाब जारी राख्ने र कूटनीतिक पहल पनि बढाउने रणनीति ल्यायो । यसो गर्नुको पछाडि माओवादीहरूले दबाबबाट शान्तिवार्ता गराउनु थियो । नभन्दै वार्ताबाटै छिनोफानो हुने सङ्केत देखियो । तिहारलगत्तै माओवादीको पुनः आकस्मिक बैठक बस्यो, जसले वार्ताको शीर्षस् थ नेतृत्व गरेका प्रचण्डलाई थप प्राधिकार दिएको थियो । अन्ततः राजाको छिनोफानो संविधानसभाको पहिलो बैठकमै साधारण बहुमतबाट गर्ने शर्तमा माओवादीहरू सरकारमा जाने सहमति भयो ।
Read Full Discussion Thread for this article