Posted by: Rahuldai December 2, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
Aardvarak भाई, समय सधैं एकनासको हुँदैन । १०+१२ फलिफाप भएको साँचो हो । सरकारी स्कूल भए नि हाम्रो जमाना को जस्तो रौनक रहेन्, त्यो नि साँचो हो । दोष हनी सबै को छ, समयको छ, नियती को छ । गम्भिर मान सर जस्तो अरु मान हरु हुनसक्दैन । एक युग मा एक जना मात्र युग पुरुष जन्मिन्छ । ठेला चलाऊनेले पनि छोरा छोरीलाइ तथाकथित बोर्डिङ्ग मा पढाउनु पर्ने नव संस्कृतिको बिकास भाको बेला, मध्यम बर्गिय भन्ने सबै भन्दा ठूलो जमात ले विश्व् निकेतन् लाइ बिर्सनु कुनै आश्चर्यको बिषय हुँदैन । घरेलुकामदा हरु ५०% र अरु स्कूल हरुमा फेल भएर आएका हरु ५०% जम्मा गरेर के विश्व् निकेतन ले पुरानै गौरबशाली ईतिहास दोहर्याउन सकला र? सोचनिय कुरो छ । तै पनि अहिले पनि सरकारी स्कूलहरुमा एस् एल सीको नतीजाको आधारमा भन्ने हो भने नम्बर १ विश्व निकेतन नै हो भन्न पाउंदा गर्बको अनुभूती हुन्छ । २०३९-४० साल मा स्कूल सके पछि पनि निरन्तर स्कूल को संपर्क रहेको छु । आफु लाइ यो धरतीमा बलियो सँग उभिन सिकाउने आस्था केन्द्र अनि सरस्वतिको मन्दिर अगाडि सधैं नतमस्तक हुन्छु नै । ती क्षणाहरु लाई घरि घरि पुनर्ताजगी गर्न बेला कुबेला स्कूल जाने गर्छु म । अस्तु!
Read Full Discussion Thread for this article