Posted by: world_map December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू!! सर्वप्रथम त मास्टर्नी दिदीलाई चौतारीमा निरन्तरता जारी राख्नको लागि हार्दिक अनुरोध गर्दछु। मैले जासूसीको सिलसिलामा समिधा को हुन् भन्ने कुराको पत्तो त पाउन सकिनँ तर यसमा मास्टर्नी दिदीको कुनै संलग्नता छैन भन्ने कुरा भने किटेरै भन्न सक्छु।मास्टर्नी दिदीलाई चौतारीमा फर्काउनको लागि म हस्ताक्षर अभियान शुरू गर्न चाहन्छु। सबैले आ-आफ्नो नाम तलको लिष्टमा थप्दै जाम्:- १) चित्रे
भट्टे, :) :D :( या :P भनेका smileys हुन्। यिनलाई हेरेर आफ्नो टाउको देव्रे तर्फ ढल्काएर हेर्नुहोला र यौटा अनुहारको कल्पना गर्नुहोला। हाँसेको, मुस्काएको या दु:खी भएको अनुहार जस्तो देख्नुहुनेछ।
अब यामेलाई पुरस्कार वितरण गर्नको लागि मास्टर्नी दिदीलाइ अनुरोध गर्न चाहन्छु। पुरस्कार मैले तयार पारेर राखेको छु, मास्टर्नी दिदी आएर प्रदान गरिदिनुहुनेछ।
Read Full Discussion Thread for this article