Posted by: gaalab November 30, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
बिगत सम्झनुपर्छ; बिगतको कारणले नै वर्तमान छ। त्यसरी नै वर्तमानको कारणले नै भविष्य हुनेछ। ओमले मञ्जुलाई सम्झिरहनु अस्वभाविक त छैन; तर अब पनि त्यही कुराले तड्पिरहनु, पश्चाताप मानेर बस्नु चाहिं ठिक होइन। कहीं त्यो बिगतको कुराले उसको मात्रै हैन, तीनै जनाको र तिनका भावी पुस्ता समेतको भविष्यमा आँच नआओस्। त्यो फर्केर नआउने भूतले गर्दा अँझै कोर्न सकिने भविष्यमाथि अन्याय नहोस्। कम्तीमा पनि मेनुकामाथि। अखिर उनको त के पो दोष छ र? यदि अँझै पनि ओमले मञ्जु-मञ्जु भनिरहने हो भने मेनुकामाथि ठुलो अन्याय हुन्छ जस्तो लाग्छ। यो कुरा हामीलाई भन्दा ओमलाई नै थाहा होला। मर्मस्पर्सी विषयबस्तु लामो समय लगाएर, दत्त चित्त भई (त्यसमाथि पनि सित्तैमा) सुम्पिदिएकोमा धन्यवाद फेरि पनि!!
Read Full Discussion Thread for this article